रास्ट्रिय निकुन्जका कारण बस्तीहरु उजाड हुँदै गएका छन : डम्बर बहादुर अर्याल

रास्ट्रिय निकुन्जका कारण बस्तीहरु उजाड हुँदै गएका छन : डम्बर बहादुर अर्याल

कपन अनलाइन

काठमाडौ, माघ २१ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर डम्बर बहादुर अर्यालले  मेलम्ची नगरपालिकाको तीन वटा वडा निकुन्जमा पर्ने भन्दै  निकुन्जको कारणले तीनवटा वडाका बस्तीहरु उजाड हुँदै गएको बताए मानिसहरु बसाई सराइ गरेको स्थितिमा रहेको बताएका छन ।

शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज  र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको  मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठक मा उनले यो धारणा राखेका हुन्।

यसको बारेमा गम्भीरता पुर्वक छलफल निष्कर्ष निकाल्नु पर्ने आवस्यकता रहेको बताए ।उनले हाम्रा कामलाई कसरि ब्यबस्थित गर्ने भन्ने सवालमा यतिखेर प्रदेशले पनि आफ्नो कानुन बनाउनु पर्ने होला भन्दै संघले पनि बनाउनुपर्ने र स्थानीय तहले पनि बनाउनु पर्ने धारणा राखेका थिए ।

उनले निकुन्ज भित्र रहेका बन्य जन्तुहरुले मेलम्ची नगरपालिकाको तीन वटा वडा मात्र नभई कहिले काँही बन्यजन्तुहरु मेलम्ची बजार सम्म पुग्ने गरेको बताए। उनले एकतिर बालीनालीको नोक्सान गरेको छ भने बजारमा पुगेपछि मानिसहरुले घेरा हालेर मार्ने स्थिति रहेकोमा चिन्ता ब्यक्त गरे  ।

उनले मेलम्ची नगरपालिका सार्वजनिक जमिनको संरक्षण गर्न लागिरहेको बताउदै  आहिले पनि विभिन्न ठाउहरुमा सार्बजनिक जग्गानै व्यक्तिले कब्जा गरेको भन्दै त्यसको लागि नगरपालिका बाट संरक्षण गरेर त्यसको के उपयोग हुन सक्छ भन्ने योजना निर्माण गर्ने गरि   अगाडी बढिरहेको बताए। उनले सार्बजनिक जग्गा निकुन्जमा पनि पर्ने भएको ले  निकुन्ज बाट पनि सहयोग को आवस्यकता रहेको बताए।

उनले निकुन्ज मार्फत खानेपानी जनता सम्म पुगेको र संग संगै  मेलम्ची नगरपालिकाको तीन नं वडा बाट सुन्दरीजल जोरपाटी जानको लागि सडकको माग रहेको बताए। त्यसलाई कसरी ब्यबस्थित गर्न सकिन्छ  त्यसको बारेमा पनि समन्वय हुन जरुरि रहेको अर्यालको धरणा थियो ।

चिसापानीमा होटलहरु रहेका त्यहाको भूगोल अत्यन्तै  अस्पष्ट रहेको  बताउदै उनले अस्पष्ट भनेको नुवाकोट हो कि सिन्धुपाल्चोक भन्ने रहेको बताए। त्यसैले त्यो भूगोललाइ पनि स्पष्ट पार्नु जरुरी रहेको बताए।

पर्यटनलाइ ब्यबस्थापन गर्नको निम्ति पनि हामीहरुको बिचमा समन्वय आवश्यक रहेको बताए ।निकुन्जबाट जनताले धेरै भन्दा धेरै लाभ कसरि प्राप्त गर्न सक्छन त्यता तर्फ सोच्नुपर्ने बताए।

निकुन्जको क्षेत्रलाइ संरक्षण गर्नुपर्ने र घेराबार गर्ने काममा छिटो भन्दा छिटो काम सुरु गर्नु पर्ने बताए। उनले निकुन्जले जुन खालको बजेट खर्च गर्छ त्यो पारदर्शी होस् भन्ने चाहना रहेको बताए ।

त्यसको जानकारी नगरपालिकालाइ पनि होस् भन्ने बताएका थिए। उनले माननीयको बजेट पनि नगरपालिका गाउपलिका मार्फत आउनुपर्ने बताए पारदर्शिताको लागि नगरपालिका वा गाउपलिका मार्फत आयो भने पारदर्शी हुने बताएका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।