शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज क्षेत्रमा भएका सिमसार संरक्षण गर्नु पर्दछ : रामेश्वर फुँयाल
कपन अनलाइन
काठमाडौ, माघ २१ ।
शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठकमा बोल्दै प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र ३ का प्रदेश ख का सांसद माननीय रामेश्वर फुयालले आयोजकहरुलाई जनताको अन्तरबस्तु बुझेर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै उनले संघ प्रदेस र स्थानीय तहका धेरै कानुनहरु बनाउनुपर्ने बताए ।
उनले गाइने किरा र पैयु कि मोंगोलियामा पाइन्छ कि यहि शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा पाइने भएको हुँदा त्यो संरक्षित गरिएन भने संसार बाट नै लोप हुने बताएका थिए।
यो तहको संरक्षणको निम्ति निकुन्ज भित्र रहेको धाप मा बिशेष खालको पैयु र गाइनेकिरा पाइनें हुँदा विकास संग सम्बन्धित मुख्य बिषय भएको बताए यो बिषय संगै जीवन निर्वाह संगै सन्तुलन पनि बनाउनु पर्ने मुख्य काम भएको बताए।
उनले बन ब्यबस्थापन गर्दा दिगो ब्यबस्थापन शान्ति सम्वृद्धि उत्पादकत्वको पहिचान गुणको प्रचार सांस्कृतिक धार्मिक परम्परालाइ संरक्षण गर्दै विकास गर्नु पर्ने बताएका थिए। उनले यहाँ भएको सिमसार क्षेत्र कसरि जोगाउने होला केहि वर्ष अघि सम्म गाइ चराउन जाँदा घुंडा घुंडा पानि आउने अहिले त्यस ठाउमा घर नै घर भएको समरण गर्दै त्यसको प्रभाब प्रकृतिमा परेको बताए ।
उनले सिमसार क्षेत्र नजोगाउने हो भने हाम्रो जीवनलाई बिगार्ने बताए। त्यसलाइ बिग्रिन नदिईकन नीति बनाउनु पर्ने बताए तीन सरकारले योजना बनाउने बताउदै उनले निकुन्ज भित्र फल्ने फलफुल कुहिएर जाने अवस्था को अन्त्य गर्नु पर्ने बताएका थिए ।त्यहा पाइने जडिबुटी र उत्पादन जनता सम्म आइपुग्नु पर्ने बताएका थिए ।
उनले तस्कर चोर सिकारी बाट कसरी बनलाई जोगाउने भन्ने बिषयलाइ पनि जोडेर अबका योजना बनाउनु पर्ने बताएका थिए। उनले युवा बिद्यार्थी आदिबासी जानजातिको पक्षलाइ जोड्दै त्यहि जीवन सम्मुनत बनाउने कामको खोजि गर्नुपर्ने बताएका थिए।
उनले पर्यटनको लागि नेचर गाइडको कामको प्रसंसा गर्दै पर्यटन गाइडहरु होम स्टे हरु संगै अन्य बिषयहरु जोड्दै तालिमहरु दिनु पर्ने बताएका थिए त्यही पनि दाउराको प्रयोग भन्दा ग्यासको प्रयोगमा जोड दिएर बाताबरण बन बिनास रोक्न सहयोग हुने बताएका थिए।
उनले नेपालमा प्रत्येक वर्ष हरेक नागरिकले आफु भन्दा अग्ला दुइ बोट बिरुवा रोप्ने र दुइ थुन्से फोहोर ब्यबस्थापन गर्ने संस्कृतिको विकास गर्नु पर्ने बताए। बिषादीको प्रयोग कम गर्नको लागि पनि अनुरोध गरेका थिए ।
उनले प्रदेश नं ३ मा ५३ प्रतिशत जंगल रहेको र त्यो जंगल नघट्ने गरि ब्यबस्थापन कसरी गर्ने त्यस्ता बिषयलाई उठाउनु पर्ने बताएका थिए। उनले सुन्दरीजल बाट गोसाईकुण्ड जाने बाटो त्यो सुबिधा प्राप्त बाटोमा सुन्दरीजलको भेगको बाटोलाई पनि हिजो जस्तो जनताले उपभोग गर्न पाउथ्यो नुवाकोटको बराबर पाउने गरि नेपाल सरकारले मन्त्रिपरिषद्मा प्रस्ताब लिएर गएको बताए ।
त्यसो हुँदा त्यहा का जनताले सुबिधा पाउने बताए। साथ् साथै यहाको बनजंगल सबै सुरक्षित हुने गरि चराचुरुङ्गीले फुल पार्ने बेलामा ठुलो घन पनि बजाउदा फुल नपार्ने हुँदा त्यस्तो कुरामा पनि हामीले ध्यान दिन जरुरी रहेको बताए।
उनले माघको १ गते तारेभिर महोत्सब ,फाल्गुन ७ गते कागेश्वरी महोत्सब, फाल्गुन ९ गते दहचोक पर्यटन मोहत्सव,बैशाख १ गते मणिचुड महोत्सब हुने कुराको जानकारी गराएका थिए ।यो महोत्सब जनतासंग जोडिएको हुनाले स्थानीय तहले स्थानीय जनताले गर्ने काम भएको बताए । उनले त्यसमा पनि सबैले आ आफ्नो तर्फ बाट सहयोग गर्न अनुरोध गरेका थिए ।