महेश बस्नेतले माहांकालबाट १५० जनालाई एमालेमा प्रवेश गराए

कपन अनलाइनकपनको छिमेकी गाविस महांकाल गाविसमा युवा संघले एक विशेष पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेत प्रमुख अतिथि बनेर आएको यस कार्यक्रममा नेपाली कांग्रेस, एमाओवादी र माओवादीबाट थुप्रै युवाहरु एमाले प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले पत्रकारहरुले अरु पार्टी प्रवेश गर्ने चोरफटाहालाईचाहिँ राम्रो भन्ने तर एमाले प्रवेश गर्ने राम्रा मानिसलाइचाहिँ नराम्रो भन्ने गरेको आरोप लगाए । आगामी चुनावका लागि एमालेमय देश बनिसकेको बताउँदै बस्नेतले अब एमाले देशको सबैभन्दा ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन भने ।

 

माहाँकालमा भएको युवासंघको कार्यक्रममा माहांकाल जनजागृति माविको नाममा रहेको ७० रोपनी जग्गा बाबुराम भट्टराईको पालामा माक्र्सीय गुरुकुलका नाममा एमाओवादीका कार्यकर्तालाई ३० वर्षका दिएको बारेमा विशेष चर्चा भएको थियो । यो विषयमा महांकाल गाविसमा एमाले तथा युवा संघले यसअघि नै पहिलोचरणको आन्दोलन गरिसकेको छ । यस विषयमा बोल्दै महेश बस्नेतले स्थानीय जे चाहन्छन् त्यही हुने जनाउँदै यसका लागि युवा संघ अघि लाग्ने बताएका थिए । कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीेलगायतले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।