तीजको दर खुवायो सप्तदेव सहकारीले

कपन अनलाइनपछिल्ला केही वर्षदेखि तीजका कार्यक्रमहरू फेशनका रूपमा मौलाइरहेका छन् । संघसंस्था तथा समुदायले तीज आउनुभन्दा एक महिना अघिनै तीजका बिभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन् । तीजका यस्ता कार्यक्रमले बिकृती जन्मायो भन्नेहरू पनि छन् भने यसलाई महिला स्वतन्त्रतासँग जोड्नेहरू पनि छन् । तीजका नाममा धेरै खर्चबर्च गर्न थालेपछि यसपाला अख्तियारले केहि कडाई गरेको समाचारहरू पनि आएका थिए । तथापि महिलाहरूको वर्षमा एकपटक आउने चाडमा उनीहरूलाई सम्मानका साथ रमाउने वातावरण बनाउनु समाजको दायित्व हो ।

 

कपन ३ मा रहेको सप्तदेव सहकारीले आफ्ना गृहिणी बचत योजनाका सहभागीहरूसँग   तीजको  कार्यक्रम  गरेको छ ।  सहकारीकी  सञ्चालक मञ्जु कुइकेलको संयोजकत्वमा  भएको कार्यक्रममा सहकारीकाका महिला सदस्यहरु तथा गृहिणी बचत योजनाका सहभागीहरु  गरी ७० जना महिलाहरुले तीज मनाएका  थिए ।  कार्यक्रममा गृहिणी बचत योजनामा सहभागीहरु मध्येबाट तीन जनालाई पुरस्कृत  गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।