प्रकाश परियारको अध्यक्षतामा नेपाल दलित संघ कपन इकाई गठन
कपन अनलाइनबद्रि भट्टराई
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको कपन इकाई गठन भएको छ । नेपाली कांग्रेस कपन इकाइद्वारा आज कपनमा आयोजित एक कार्यक्रममा प्रकाश परियारको अध्यक्षतामा १३ सदस्यीय कपन इकाई गठन गरिएको हो ।
चुनावको चर्चा चलिरहेको बेला विभिन्न स्वरुपमा कार्यक्रम गर्ने क्रममा पार्टीहरु गाउँ गाउँ केन्द्रित भइरहँदा नेपाली कांग्रेसले पहिलो पटक कपनमा दलितहरुलाई संगठित गरेको हो । कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष रमेश अक्षामी प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।कार्यक्रमलाई नेपाली कांग्रेस महासमिति सदस्य लालबहादुर भित्रीकोटी, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य सागर बैजु, नेपाल दलित संघ क्षेत्र नं. ४ का सचिव राजु परियारलगायतले संबोधन गरेका थिए ।
कार्यक्रमको आयोजकका तर्फबाट बोल्दै नेपाली कांग्रेस कपन इकाइका सभापति बिनोद चालिसेले कार्यकर्ताको सुझबुझले नेपाली कांग्रेस कपनको संगठन राम्रो बनेको बताए । उनले कपनको वर्तमान सांगठनिक स्वरुप सबल र सक्षम रहेकोले आगामी चुनावमा कपनबाट नेपाली कांग्रेसले अत्याधिक राम्रो मत ल्याउने बताए ।
नवगठित नेपाल दलित संघ कपन इकाइमा अध्यक्ष प्रकाश परियार, उपाध्यक्ष माइला सुनार, सचिव शैलेश परियार र कोषाध्यक्ष कुमार बयलकोटी रहेका छन् । त्यसैगरी सदस्यहरुमा अनुप परियार, कल्पना बयलकोटी, मिना बयलकोटी, बाबुलाल सुनार, ठूलोभाइ परियार दर्जी, बिजय परियार, भक्तबहादुर दमाई, सुजिन परियार र विकास परियार रहेका छन् ।