संगीत विनाको जीवन कल्पना गर्न सकिदैन :गणेश कुमार श्रेष्ठ (गरिब) (कलाकार )

संगीत विनाको जीवन कल्पना गर्न सकिदैन :गणेश कुमार श्रेष्ठ (गरिब) (कलाकार )

कपन अनलाइन 

काठमाडौं,माघ १५ ।

यो उमेरमा पनि  काम गर्न थाकेको छैन उनि  कोठाको भित्ता भरि जवानीमा आफ्नो मेहनत बाट पाएको प्रमाण पत्र र कदर पत्र पदक उपहारले भरिएका छन। सानो कोठामा संगीतका बद्द्यबाधन भरिएका छन् ।अनि छेउमा बसेर संगीत सिकाउने गर्छन ।

उनलाइ धेरैलाई जनबादी कलाकार भनेर पनि चिन्छन ।जन सांस्कृतिक मञ्च जनबादीसांस्कृतिक संघमा काठमाडौं जिल्लाको संयोजक भएर  समेत काम गरेका उनि हुन् गणेश कुमार श्रेष्ठ (गरिब)।

कलाकार गणेश कुमार श्रेष्ठ (गरिब) संग कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ  ।

कपन अनलाइन : तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि  बताईदिनुहोस न ?

गणेश कुमार श्रेष्ठ (गरिब) : मेरो जन्म गागलफेदी साबिक वडा ७ हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा बुवा स्व.उमा महेश्वर श्रेष्ठ र आमा सुवर्ण श्रेष्ठको कोख बाट २०२० सालमा जन्मिएको हु। मेरो प्रारम्भिक शिक्षा इन्द्रायणी राष्ट्रिय  निमा बी थियो। हाल माबी भइसक्यो ।त्यहा मैले कक्षा ७ सम्म पढे त्यहाबाट सरस्वती माबी कोटेश्वरमा एक वर्षा  ८ कक्षा पढे। ८ कक्षा पढेपछि बिबिध कारणले शिक्षालाइ अगाडी बढाउन सकिन ।

कपन अनलाइन :  तपाईको बिचारमा गीतसंगीत भनेको के हो ?

गणेश कुमार श्रेष्ठ (गरिब) : मेरो विचारमा गीतसंगीत भनेको मानिसलाई नभई नहुने तत्व हो जस्तो लाग्छ । किनकी गास बास र कपासजस्ता आधारभुत आवस्यकतामा पनि संगीतलाई पनि थप्नुपर्छ भन्ने मान्यता म राख्छु । चाहे ‘उच्च वर्गको मानिस होस् चाहे मध्यम वा झूपडीमा नै जीवन गुजार्न पर्ने मान्छे किन नहोस त्यो मानिस सबैप्रकारको मानिसको लागी सारथी बन्ने एक मात्र साथी संगीत हो । त्यसैले गीतसंगीत हरेक मानिसको लागी नभई नहुने आधारभूत तत्व हो भन्ने मलाई लाग्छ ।

कपन अनलाइन: संगीत क्षेत्रमा कसरि लाग्नु भयो ?

गणेश कुमार श्रेष्ठ (गरिब) :  सानै उमेर देखि संगीत मन पर्थ्यो। सारंगी हार्मोनियम गिटार देख्दा पनि बजाउ बजाउ लाग्थ्यो गाउन पनि अतिनै सोख थियो। बिद्यालय जीवन देखि नै संगीतमा  लागे। त्यति बेला बिद्यालयमा सुक्रबार कार्यक्रम हुन्थ्यो मलाई गित गाउन लगाउनुहुन्थ्यो। इश्वर को देन जस्तै  थियो गित गाउने कला थियो। तर त्यति बेला स्केल मिलेको नमिलेको थाहा थिएन। त्यतिबेला फिल्मका गीतहरु हिन्दि गीतहारु गाउथे ।सबैले तारिफ गर्थे ।अफिस कोठामा पुगेकी सरहरुले गीत गाउन लगाउनु हुन्थ्यो ।

त्यसपछि उत्साह बढ्दै गयो त्यसपछि सरहरुले प्रतेक  सुक्रबार मेरो लागि भए पनि कार्यक्रमहरु राख्ने गर्थे। बिहानीको प्रार्थना समेत मैले गराउथे रमाइलो हुन्थ्यो त्यति बेला  पहिला मैले संगीत सिक्न गइना पढ्न गइन गड गिफ्ट नै थियो स्कुल पढ्दाको समयदेखी नै गीतसंगीत भनेपछी हुरुक्कै हुन्थेँ । स्कुल जाँदा आउँदा समेत अग्रज स्रष्टाहरुले गाएका गीतहरु गुनगुनाउँदै हिड्थेँ ।

मैले धरै ठाउमा काम गरे एकेडेमी हलमा नाचघरमा सभागृहमा  काम गरे, नाटक पनि खेले, अनि गीत पनि गाए। त्यतिबेला आफ्नो शिक्षा थिएन । पछि मलाई सिक्नु पर्ने बाध्य भयो र मैले गुरु कमल क्षेत्री पहिला उहा राष्ट्रिय नाच घरमा हुनुहुन्थ्यो। मैले इलाहावाद कोर्स मैले काठमाडौं बसेर कुमारीगालमा गुरु कमल क्षेत्री बाट संगीतको शिक्षा लिए। मैले तीन वर्ष उहा संग शिक्षा लिए। अनि उहाले तपाई सक्षम हुनुहुन्छ। भनेर जिरो डिप्लोमाको सर्टिफिकेट दिनुभयो ।अनि २०५५ सालमा  मैले रेडियो नेपालमा स्वर परिक्षा मा पास गरे।

“मैले कबिता लेखेको थिए बुझेन कसैले मनको गीत गाएको थिए। सुनेनन् कसैले” भन्ने गीतमा मैले पहिलो संगीत भरेको थिए। यो गीतमा सब्द अचुयत प्रसाद प्याकुरेल (निरस)को  थियो। अर्को गीत “यो गीतलाई मैले कागजमा होइन छातीमा कोरेको थिए” भन्ने गीतमा पनि मैले संगीत भरेको थिए ।

कपन अनलाइन : नाटक तर्फ चाहि कसरी आकर्षित हुनुभयो ?

गणेश कुमार श्रेष्ठ (गरिब) :  सानै देखि नाटक मन पर्थ्यो, अभिनय मन पर्थ्यो। हाम्रो एकजना ऋषि राम अर्याल मेरो साथी हुनुहुन्थ्यो संगै पढेको। उहाले नाटक लेख्नु हुन्थ्यो र सिकाउनु पनि हुन्थ्यो अनि निर्देशन अच्युत  प्रसाद प्याकुरेल (निरस)ले गर्नु हुन्थ्यो। उहाले सिकाउनु पनि भयो र उहा संगै थुप्रै ठाउमा नाटक पनि गरेको छु। नाटक गरे पश्चात  भित्तामा रहेको प्रमाण पत्र  देखाउदै प्रधानमन्त्री मनमोहन अधिकारीले उहाले  मलाई प्रमाण पत्र दिनुभएको हो ।

त्यो बेला देखि अहिले सम्म संगीत मै रहेको छु। त्यो संग संगै नाटक अभिनय पनि मेरो रुचिको बिषय हो।

कपन अनलाइन : नेपालमा रहेर संगीत ,नाटकमा रहेर बाच्न कतिको सजीलो छ ?

गणेश कुमार श्रेष्ठ (गरिब) :   बहुतै गार्हो छ धेरै कठिन छ ।पहिलेको तुलनामा अहिले केहि सहज छ अहिले पैसा पनि छ ।त्यति खेरको समय ज्यादै कठिन थियो ।त्यति बेला खाइ नखाई दुनिया दिवाना भोक भोकै कति दिन हिडियो , नेपालमा एउटा स्थापित कलाकार नबन्दा सम्म जीवन सहज बन्न सक्दैन । त्यसैले पुर्णतः व्यवसायिक नबन्दासम्म र पब्लिकले चिन्ने नहुँदासम्म यो क्षेत्रबाट प्राप्ती खासै केहि हुँदैन ।

संगीतमा लाग्दा पैसा को अभाब भएर आफ्नो गलामा भएको सिक्री पनि बेच्नु परेको तितो अनुभब पनि संगालेको छु । सांस्कृतिक कार्यक्रम लिएर जाँदा कति  ठाउमा पैसा अपुग हुँदा धेरै पैसा आफैले खर्च गर्नु परेको छ ।

कपन अनलाइन : हाम्रो देशको परिवेशलाई नियाल्दा पछील्लो समय जस्तो व्यक्ती पनि गायक बन्ने संगीतकार बन्ने अवस्था बढ्दैछ, यसलाई कसरी लिनु भएको छ ?

गणेश कुमार श्रेष्ठ (गरिब): अहिले जति कलाकार हरुले गीत रचना गरे गाए मिडियामा आएका छन् बहुत लापरबाही छ। चित्त बुझ्दो अवस्था छैन। पैसा छ भने  उसले तुरुन्तै रेकर्ड गरेर रातारात मिडियामा आइहाल्छ तर त्यसको गुणस्तर केहि पनि हुँदैन ।त्यसको लागि सरकारले अनुगमन गर्नु पर्छ ।  केहि पहल गर्नु पर्छ।

पहिला रडियो नेपालमा एउटा गीत पास गरे पछि गीत मा छाप मारेर आउथ्यो। अनि बल्ल संगीत भरेर गायकले गाउन पाउथ्यो। त्यति बेला भोइस टेस्ट पास गरेको मान्छे त्यसमा कवालिटि हुन्थ्यो । अहिले जो पनि पैसा तिरे पछि गायक हुने पछिल्लो  चलन बजार मा ब्याप्त रहेको छ ।

पैसाको अभाब भयो भने उ संग भएको प्रतिभा मारेर जाने अवस्था आएको छ ।स्थापित कलाकार बनेमा बाच्न ग्राहो छैन।  तर त्यसको लागि मेहनत गर्ने पर्छ। संघर्ष गर्ने पर्छ ।

कपन अनलाइन : जीवनमा कुनै अविस्मरणीय क्षण  सम्झनु पर्दा ?

गणेश कुमार श्रेष्ठ (गरिब) : जीवनमा धेरै हण्डर ठक्कर खाएको छु ।धेरै अविस्मरणीय क्षण मध्ये एउटा सम्झनु  पर्दा काठमाडौंको नांङलेभारेको बोजिनी भन्ने  एउटा कार्यक्रम थियो ।जाडो महिनाको समय मा थियो राति गइयो कार्यक्रम गरियो। रातको १ बजे कार्यक्रम सकियो त्यहा यस्तो झगडा हुँदो रहेछ, ठुलो झगडा भयो ।स्थानीय स्थानीय बीच झगडा भएको थियो। मदिरा सेवन गरेर ठुलो झगडा हुने रहेछ। त्यहा ज्यान जोगाउन सारै गार्हो परेको थियो ।

त्यति बेला प्रतिनिधि सभा सदस्य कृष्ण राइ पनि संगै हुनुहुन्थ्यो।  संगीतको सामान जोगाउन र हामि संग आएका कलाकार टोलि जोगाउन सार्है कठिन भएको थियो। बल्ल बल्ल त्यहीकै साथीहरुले  भित्रि बाटो बाट भगाएर  जोगाए।

अनि अर्को एउटा घटना दोलखाको   मैना पोखरीमा पनि त्यस्तै भयो सांगीतिक कार्यक्रम गर्दा गर्दै ढुंगा प्रहार भयो मंचमा नै ढुंगाहरु आयो ।त्यहा पनि बाच्न गाह्रो भएको थियो, त्यति बेला एमाले र माले फुटेको समय थियो। कार्यलय एकै ठाउमा परेको थियो र आक्रमण दुवै तर्फा बाट भयो।  त्यति बेला प्रहरी हरुले कर्फ्यु लगाएर सुरक्षा दिएर पठाएको थियो

कपन अनलाइन : कुनै पनि क्षेत्रमा लाग्नुको पछाडी कसै न कसैको हात हुन्छ भन्छन, तपाईलाई  संगीत नाटकको क्षेत्रमा लाग्दा बढी साथ या प्रेरणा कसबाट आयो ?

गणेश कुमार श्रेष्ठ (गरिब): हालसम्म मैले पाएको साथ मेरो जीवनसंगीनीबाट सबैभन्दा बढी छ । सानो उमेरमा नै बुबा आमा गुमाएको मान्छे भएकोले उहाँहरुको साथ पाउन सकिन, त्यसैले मेरो हरेक कामको पछाडी साथ दिने मेरो श्रीमती नै हुन ।

कपन अनलाइन : राजनीतिमा तर्फ कसरि आकर्षण बढ्यो ?

गणेश कुमार श्रेष्ठ (गरिब) : पहिला पहिला हामीलाई  कमिन्युस्ट अति मन पर्थ्यो । उनीहरुको कुरा मनपर्थ्यो ,भासण मनपर्थ्यो । गाँस बास कपासको ब्यबस्था हुन्छ ,गरिबलाई यो राम्रो पक्ष थियो। देशमा सबै गरिब नै छन् हामी लाग्नु पर्छ कमिन्युस्ट शासन् ल्याउनु पर्छ भनेर हामी लाग्यौ।  अहिले सम्म लागिनै रहेको छु । मैले संघठित सदस्य एमालेको २०५५ साल अघि तिर लिएको थिए ।

मैले मंच मा पद लिए, त्यहा तेस्तै राजनीति चल्यो पछि  मैले छोडदिए। मलाई राजनीति घिन लाग्दै गयो ।संगीत क्षेत्रमा लागेर राजनीति गर्न नमिल्ने रहेछ। आफ्नो संगीत सिर्जना शक्ति मरेर जाँदो रहेछ ।फेरी खाली जनबादी गीत गएर मात्र पनि नहुने रहेछ ।कलाकार भए पछि मेलोडियस गीत गाउनु पर्छ।

पहिला हाम्रो जमनामा नारायण गोपालको गीत गाउदा यो बुर्जुवा गाउनु हुन्न भन्थे हाम्रो पार्टीका साथीहरुले। हामीलाई गाउन दिदैन थिए ।

कपन अनलाइन : हाल के गर्दै हुनुहुन्छ ?

  गणेश कुमार श्रेष्ठ (गरिब):   अहिले मैले घरमा संगीत सिक्न आउछन् पढ्न आउछन्। उनीहरुलाई संगीत सिकाउदै छु ।मैले भर्ना फी भनेर २ हजार रुपैया लिने गरेको छु। मासिक शुल्क थोरै नै सिकाई रहेको छु र जो मासिक शुल्क तिर्न नसक्ने छन् ।उनीहरुलाई निशुल्क पनि सिकाइ रहेको छु ।   मैले सिकाएका बिद्यार्थी हरु फिल्ममा पनि काम गर्दैछन ।

कपन अनलाइन : अन्त्यमा  के भन्न चाहनु हुन्छ ?

गणेश कुमार श्रेष्ठ (गरिब) : नेपालमा काम पाउछ काम छ तर पनि धेरै बिदेसिएका छन त्यो देख्दा बहुत चित्त दुख्छ नेपालमै काम छ खोज्यो र गर्यो भने त्यी काम बाट फाइदा लिन सकिन्छ। तर नेपालमा काम गर्न लाज मान्छन। सानो काम भन्छन् ।काम सानो ठुलो केहि हुदैन भनेर बुझाउन सकिरहेका छैनौ।  यो ठाउको कुरा गर्नु पर्दा खेरि औ सिक भर्ना होउ तर मलाई मासिक शुल्क मलाई चाहिदैन । भर्ना शुल्क मात्र किन भने भोलि मेरो संगीतको साधन बिग्रिन्छ, त्यो त मैले बनाउनु पर्छ।

संगीत सिक्न चाहानेलाइ कागेश्वरी मनहरा नगरपालिका वडा नं १ गागलफेदी भोर्लेटारमा आएर भोर्लेटार चौर कै अगाडीको घरमा सम्पर्क गर्न सक्नु हुनेछ।  मलाई ९८०१९८००४३  सम्पर्क गर्न सक्नु हुन्छ ।कला भनेको  बहुत सुखमा आनन्द दिने  दुखमा पनि  आनन्द दिने भएको हुनाले हाम्रो परम्परागत संगीत लाइ पनि सम्वर्धन गर्दै सिकौ र सिकाउ भन्न चाहन्छु ।

 

 

तपाइँको प्रतिक्रिया ।