ट्रकको ठक्करबाट काठमाडौंमा एकको मृत्यु

ट्रकको ठक्करबाट काठमाडौंमा एकको मृत्यु

कपन अनलाइन  

काठमाडौं, १६ माघ । काठमाडौंको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा गएराति बा ३ ख ५८२१ नं को ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयबासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि ओम अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।