नागार्जुन नगरपालिकाका महिलाहरुलाई उद्यमी बनाई सक्षम बनाउने लक्ष्य छ :सुशिला अधिकारी (उपप्रमुख ,नागार्जुन नगरपालिका )

नागार्जुन नगरपालिकाका महिलाहरुलाई उद्यमी बनाई सक्षम बनाउने लक्ष्य छ :सुशिला अधिकारी (उपप्रमुख ,नागार्जुन नगरपालिका )

कपन अनलाइन

काठमाडौ,पौष २० ।

हामीले स्थानीय तहको निर्वाचित विभिन्न नगरपालिकाका उप प्रमुखहरुको ब्यबहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ र अन्य विविध पक्षहरुमा केन्द्रित रहेर कुराकानी क्रममा कपन अनलाइनका विकल सापकोटाले नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी  संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।

कपन अनलाइन : तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि बताईदिनुहोस न ?

सुशिला अधिकारी : मेरो जन्म २०३४ साल फाल्गुन १ गते धादिंग को मुलपानी गाविसमा भएको हो। मेरो बुवा स्व.  ज्ञानबहादुर अधिकारी र आमा  स्व.सीता अधिकारी हो । म उहाहरुको  दुइ वटा छोरीहरु मध्ये म पहिलो सन्तान हु ।

मेरो प्रारम्भिक शिक्षा धादिंगको मुलपानी गाबिसको महेन्द्रदयो माबी बाट सुरु भयो । मैले एस एल सी  त्यहि बिद्यालय बाट २०५१ सालमा एस एल सी दिएको थिए ।

त्यस पछि उच्च शिक्षा  काठमाडौँको महेन्द्र रत्न कलेज बाट आइ एड गरे।  स्नातक केहि महिना पढे, त्यसबेला मेरो बैवाहिक जीवन सुरु भयो। घरपरिवार बालबच्चाले गर्दा पढाई त्यहि रोकियो ।मेरो श्रीमान श्याम बहादुर खत्री हो। उहा नेपाल सरकारको कर्मचारी हुनुहुन्छ। मेरो सन्तानको रुपमा  दुइ वटा छोराहरु  रहेका छन।

कपन अनलाइन : राजनीतिमा कसरी आउनु भयो ?

सुशिला अधिकारी :  हामी गाउँको एउटा बिद्यालयमा पढेको ब्यक्ति भए पनि हाम्रो पारिबारिक पृष्ठभूमि राजनीतिमा घुलमिल भएको हुँदा त्यतिखेर देखि नै  हामी राजनीतिमा चासो दिने गरेका थियौ ।

हामी  बिद्यालय पढ्दा भर्खरै मात्र बहुदल आएको हुँदा त्यति खेर धेरै बुझ्न नसकेपनि हामी पार्टी भनेर छुट्याएर हिंडथ्यौ। अनि पछि कलेज पढ्दा खेरि त्यहा संघहरु हुन्थ्यो त्यसबाट राजनीतिक यात्रा सुरु गर्यौ ।

आज सम्म पनि पार्टीको अनेमा संघको म क्षेत्र सम्म  काम गर्छु।आज उपप्रमुखको पदमा निर्वाचित भएको छु र भोलिका दिनमा पनि पार्टीको लागि केहि गर्ने इच्छा चाहना लिएर अघि बढेको छु ।

कपन अनलाइन : नागार्जुन  नगरपालिकाको उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेर आफ्नै पहलमा के के काम भएको छ ?

 सुशिला अधिकारी :  उपप्रमुख भए पछि आफ्नै पहलमा भन्नाले हाम्रा दिदीबहिनीहरुको हाम्रो गाउँ घरको चाहना र इच्छा अनुसार गर्ने भनेको बाटो घाटो र ढल निर्माण का कार्यहरु हुन् ।

त्यी चाहिं अलि ठुलै बजेटबाट चल्ने हुनाले केहि काम गरियो भने धेरै जसो काम हुँदै छ ।सबै आफ्नै पहलमा आफ्नो एरिया आवश्यकता हेरेर त्यसमा पहल  गरिन्छ ।

अहिले सम्म सकारात्मक रुपमा सम्पन्न भएका नै छन र अब पनि हुनेछन। खासै भन्ने हो भने महिलाहरुलाई उद्यमी बनाउने भनेर हामीले लक्ष्य लिएका छौ।

आफु पनि एउटा महिला भएको हुनाले महिला सक्षम नभएसम्म देशलाई हामीले कुनै आर्थिक तवर बाट वा राजनीतिक तवरबाट अलि बलियो बनाउन सक्दैनौ भन्ने हामी सबैको मनस्थितिमा परिसकेको अवस्थामा महिलाहरुलाई उद्यमी बनाउन महिलाहरुले उत्पादन गरेका बस्तुहरुलाई बजार ब्यबस्थापन गर्न बजेट पनि छुट्याईसकेका छौ ।

त्यो काम छिट्टै सुरुहुन्छ। न्यायिक समिति पनि उपप्रमुख को दायित्व भएको हुनाले हामिले न्यायिक समिति गठन गरेका छौ ।न्यायिक समितिमा हाम्रा विभिन्न घर बनाउदा जग्गा मिचिएका, बिवाह गरेर श्रीमानले छोडेका  अन्यायमा परेका ब्यक्तिहरु यहाँ आउने गर्छन प्राय जसो धेरै घर जग्गा सम्बन्धमा गुनासो लिएर आउनु हुन्छ।

त्यो विवादहरुलाई हामीले बसेर छलफल  कुराकानी गरेर दुवै पक्षलाइ बोलाएर समझदारीमा विवादहरुलाई  सके सम्म हाम्रो पहुँचले हुने सम्म समाधान गर्ने गरेका छौ ।

मेरो पदबहाली लगत्तै स्वास्थ्यमा पूर्ण खोप नगरपालिका बनाउन उप प्रमुखको संयोजकत्वमा गर्ने भनेर प्रतिबद्दता जनाइएको थियो। त्यो म निर्वाचित भएर आएपछि मैले हाम्रो सबै स्वास्थ्य चौकी संग समंवय गरेर त्यो काम सम्पन्न गरिएको छ ।

कपन अनलाइन :  उपप्रमुख भएपछि घर परिवार र कार्यलयमा जनताको काम गर्न समय ब्यबस्थापन कत्तिको चुनौती रहेको छ ?

सुशिला अधिकारी :  अब यो मैले मेरो घर परिवार बाट सहयोग सपोर्ट भएर नै म उपप्रमुख  पद सम्म आइपुगेको हु। त्यसैले घर बाट सहयोग पाएको छु।

मेरो बच्चाहरुमा  सानो छोरा नै ८ कक्षा मा पढ्ने भएको ले उनीहरुले आफ्नो काम आफै गर्न सक्छन।  परिवारको तर्फ बाट पनि सहयोग भएको हुनाले घरमा सपोर्ट रहेको छ।

त्यसैले धेरै जसो जनताको काममा हिड्ने गरेको छु। बचेको समय घर परिवारलाई दिएको छु ।सुरु सुरुमा समय ब्यबस्थापनमा चुनौती थियो  ।तर दैनिकी यस्तै गरि चलेपछि हामीले ब्यबस्थापन गरेर जानुपर्छ भन्ने परिवार देखि लिएर सबै जनाको धारणा बनेपछि अहिले सहज भएको छ ।

कपन अनलाइन :कार्यसम्पादनको शिलशिलामा आग्रह पूर्वाग्रह र दवाब कत्तिको सामना गर्नु परको छ ?

सुशिला अधिकारी : अब यो एस्तो त हुन्छ किनभने हामीले जनताको मत लिएर जितेर आएका छौ। जनताहरुले भनेको बेलामा काम हुन सकेन भने कर्मचारी बाट भएका गल्ति हामी जनप्रतिनिधिहरु बाट भएका गल्ति पनि हामीले दवावको रुपमा भोग्ने गरेका छौ ।

त्यसलाई समधान गर्न मलाई आफ्नै जनता हुन् केहि कुरा गरेर समस्याको समाधान गर्ने गरेका छौ।  गुनासोको लागि हामीले एउटा बक्स राखेका छौ ।

कुनै गुनासो भएमा कसैले केहि गरे भने काम गर्न ढिलासुस्ती गरे भने कसैले आर्थिक चलखेल गर्न खोजे भने हामी कहाँ तुरुन्त आउनुहोस हामी त्यस्तोलाई कारबाही गर्न तयार छौ भनेका छौ ।

कपन अनलाइन : अहिले सम्मको सफलतामा कसको मुख्य योगदान रहेको छ ?

सुशिला अधिकारी : अहिले सम्मको सफलतामा मुख्य योगदान भनेको मेरो आफ्नै  कोसिस हो। त्यसपछि  परिवार आमा बुवा र मलाई बिश्वास गरेर यहाँ सम्म यो पद सम्म ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण नागार्जुन नगरबासी नै हुन् ।

उहाहरुले जुन मलाई बिश्वास  गर्नु भएको छ, जुन काम जिम्मेवारी सुम्पनु भएको छ। म त्यो जिम्मेवारी र बिश्वासलाइ  कायम राख्दै अगाडी बढ्न चाहन्छु।

कपन अनलाइन : अन्त्यमा नगरबासीलाई के भन्न चाहनुहुन्छ ?

सुशिला अधिकारी :  चुनाब  आयो भर्खेर मात्र जितेर आएको थियौ। अन्य अवस्थामा बजेटहरु पनि छुट्टिसकेको थिएन। बिधान र विधेयकहरु पनि हाम्रो लागि तयार नभएको अवस्थामा एक दुइ महिना स्वागत कार्यक्रममा नै हिड्नु पर्यो।

त्यसले गर्दा विकास निर्माणमा ढिलाई भएको हो। त्यस लगत्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आयो त्यसले गर्दा पनि कामहरु धेरै हुन सकेन।  जब चुनाब सकियो तब हामीले नगर सभा बिशेष नगरसभा बोलाएर काम कति गर्ने कति सुरु गर्ने भनेर सम्पन्न गर्यौ। अब धमाधम काम हुन्छ।

नगरबासीहरुले जुन आशा राखेर मलाई यस ठाउमा पुर्याउनु भएको छ ।आजै एकै दिनमा सक्छु दुइ महिनामा सक्छु एकै बर्षमा सक्छु भन्ने छैन पांच वर्ष सम्ममा उहाहरु प्रति जुन प्रतिबद्दता गरेको थिए ।

त्यो प्रतिबद्धता अनुसारनै  हामी  नगरको बिकासमा लागेका छौ। समय लाग्न सक्छ ।सकारात्मक सुझाब दिनुहोला केहि समय पछाडी हामीले गरेका बिकासका कामहरु देखिन्छन।म नगरबासीहरु धैर्य गर्दै सहयोग गरिदिनुहोला भन्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।