ग्यास उद्योगहरुको अनुगमन हुदै, गुणस्तर चिहृन नलिने उद्योग माथि कारवाही अघि बढाइने

ग्यास उद्योगहरुको अनुगमन हुदै, गुणस्तर चिहृन नलिने उद्योग माथि कारवाही अघि बढाइने

कपन अनलाइन

काठमाडौं,पौष २१।

नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ। ग्यास उद्योगहरुले  मापदण्ड पूरा नगरे पछी अनुगमन गर्न लागिएको हो ।

विभागले गत वर्ष कात्तिकमा तीन महिना भित्र अनिवार्य रुपमा एन एस चिहृन लिन बोटलिङ प्लान्ट राख्नलाई आग्रह गरेको थियो। एक वर्ष बितिसक्दा पनि ग्यास उद्योगहरुले आग्रह पालना नगरे पछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाइ छ ।

आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै विभागले मापदण्ड मिचेको उद्योग बन्द गर्ने समेत चेतावनी दिएको छ । ‘गुणस्तर चिहृन नलिने उद्योग माथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिएका छन् ।

विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टले मात्र गुणस्तर चिहृन लिएका छन्। गुणस्तर चिहृन लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।