नागार्जुन नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतमा लक्ष्मी पाण्डेय गौतम

नागार्जुन नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतमा लक्ष्मी पाण्डेय गौतम

कपन अनलाइन

काठमाडौ,पौष २१ ।

नागार्जुन नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा लक्ष्मी पाण्डेय गौतम रहेकी छन। माता मुना कला पाण्डेय र पीता दधिराम पाण्डेयका ३ जना सन्तान मध्ये जेठी सन्तानको रुपमा गुल्मी जिल्लाको धुर्कुटबस्तु गाबिस  वडा नं १ मा २०३४ साल  श्रावण  २१ गते सामन्य कृषक परिवारमा जन्मिएकी  लक्ष्मी पाण्डेय गौतमले आफ्नो प्राम्भिक शिक्षा गाउकै सरकारी इन्दिरा प्राथमिक बिद्यालयमा प्राप्त गरेकी थिइन्।

बिध्यलयमा सधै  प्रथम हुने गरेकी उनले त्यो गाउमा कक्षा ५ सम्म मात्र भएको र  माध्यमिक शिक्षा लिनको लागि घर बाट धेरै टाढा लगभग साँढे दुइ घन्टाको दुरीमा पर्ने भएकोले र एक्लै त्यो बिद्यालय सम्म जान नसक्ने भएपछी उनले बिचमा तीन वर्ष पढाई छोडेकी थिइन् ।

तीन वर्षा पछी आफै बिद्यालय जान सक्ने भएपछि घरमा जिद्दी गरेर श्री हिमालयन  माबीमा  ६ कक्षामा भर्ना भै  त्यही बाट  २०५३ सालमा प्रवेशिका परिक्षा  उत्रीण गरेकी  थिइन।

उनले   इन्टर पनि सोहि बिद्यालय बाट उत्तीर्ण गरेको र  त्यसपछि बिवाह भएपछि  काठमाडौँ आएर पद्मा कन्या क्याम्पसबाट  पत्रकारिता र नेपाली बिषयमा स्नातक गरेकी थिइन्  ।

उनले  त्रिभुवन बिश्वबिद्यालय किर्तिपुर बाट २०६३ सालमा नेपाली बिषयमा  स्नातकोत्तर गरेकी छन भने एक बर्षे बि एडको कोर्स पनि पुरा गरेकी छिन  ।

आफ्नो स्नातकोत्तर तह सके पछि लोकसेवाको तयारीमा लागेको बताउने उनले  २०६३ सालमा लोक सेवाको खुल्ला प्रतिष्पर्धा  बाट शाखा अधिकृतमा नाम निकालेर जिल्ला निर्वाचन कार्यालय गुल्मी बाट सरकारी सेवा प्रवेश गरेकी थिइन  ।

४ वर्ष पछि २०६७ सालमा लोक सेवाको  खुल्ला प्रतिस्पर्धा मार्फत  उपसचिवको परीक्षामा  नाम निकाल्न सफल भएको उनले सुनसरीको घरेलु कार्यलयमा प्रमुख उद्योग अधिकृतको रुपमा करिब ६ महिनाको  अनुभब हासिल गरेकी थिइन्  ।

त्यस पश्चात आफ्नो सरुवा स्वास्थ्य मन्त्रालयमा भएको स्वास्थ्य मन्त्रालयको प्रशासन शाखामा ८ महिना काम गरेको र त्यहा बाट समेत सरुवा भएर स्थानीय  विकास मन्त्रालयको दुर्गम क्षेत्र बिकास समितिमा कार्यकारी प्रंमुख भएर करिब १ वर्ष  जिम्मेवारी सम्हालिसकेकी थिइन्  ।

त्यसपछि मन्त्रालयको नगरपालिका योजना तथा विपद ब्यबस्थापन शाखामा डेढ वर्ष काम गरेर उनी  अर्घाखाँची जिल्लाको स्थानीय विकास अधिकारी  बनेकी थिइन् ।

२०७२  सालमा  उनको सरुवा  कार्यविनायक नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा भयो जहाँ उनले  ४ महिना  काम गरिन र २०७३ साल चित्र ७ गते बाट  उनि  नागार्जुन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएकी छिन ।

नागार्जुन नगरपालिकाको सेवा प्रवाहमा पारदर्शिता र प्रभाव कारितालाई प्राथमिकता सुचिमा राखेर काम गर्ने योजना बनाएकी लक्ष्मी पाण्डेय गौतमले नगर परिषद बाट पारित भएका योजना कार्यन्वयनमा जोड दिने कपन अनलाइनलाई बताइन ।

साथै उनले नगरपालिकामा नया कार्यक्रम  जस्तै स्वास्थ्य बीमा सम्बन्धि कार्यक्रम,बिद्यालय सुधारका कार्यक्रमलाइ अगाडी बढाएको बताइन भने पर्यटन बिकासको लागि योजनाबद्द ढंगले अघि बढ्ने सोच बनाएको कपन अनलाइनलाई बताइन ।

सुशासन कायम गर्ने प्राथमिकता सूचिको पहिलो काम हुने र आफ्नो कार्यकालमा जन प्रतिनिधि संग समन्वय गरि जनहित र सरल सेवा प्रदान गर्न सक्रीयता पुर्वक लाग्ने उनले प्रतिवादत्ता पनि व्यक्त गरेकी छन ।

 

 

तपाइँको प्रतिक्रिया ।