महिला सशक्तिकरण मेरो मुख्य काम हुनेछ :बिमला वाग्ले(प्रमुख ,महिला तथा बालबालिका शाखा टोखा नगरपालिका )

महिला सशक्तिकरण मेरो मुख्य काम हुनेछ :बिमला वाग्ले(प्रमुख ,महिला तथा बालबालिका शाखा टोखा नगरपालिका )

कपन अनलाइन

काठमाडौँ,पौष १८ ।

टोखा नगरपालिकाको बिषयगत साखा अन्तर्गत कपन अनलाइनले  टोखा नगरपालिकाको महिला तथा  बालबालिका शाखा प्रमुख बिमला वाग्ले संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन :तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

बिमला वाग्ले : म तनहु जिल्ला मा सामान्य कृषक परिवारमा  २०२७ सालमा बुवा दण्ड पाणी गौतम र आमा दासी माया गौतमको कोख बाट जन्मिएको हु।

मेरो बिवाह सानै उमेरमा भएको थियो लगभग १५ बर्षको उमेरमा मेरो बिवाह भएको थियो । मेरो प्रारम्भिक शिक्षा गाउको जनप्रिय माबी बाट भएको थियो र त्यहि बिह्द्यालय बाट २०४५ सालमा एस एलसी पास गरे ।

त्यस पछि बिचमा पढाई अबरुद्द भयो । मेरो त्यही बेलामा बिवाह भएको थियो । त्यस पछि अर्काको घरमा गए पछि घर गृहस्तमा नै समय बित्यो । मेरो दुइ तीन वर्ष पढाई ज्ञाप भयो पछि फेरी पढ्नु पर्ने महसुस भयो र २०५१ सालमा भानुभक्त कलेज जोइन गरे तनहु मै पढे।  म एउटा भलीबल खेलाडी पनि हु। राष्ट्रिय लेभल सम्म पुगेको थिए पछि सबै कुरा मेरो बिग्रियो समाजीक सस्कार  पारिबारिक जीवनले गर्दा त्यता तर्फ धेरै लाग्न सकिन।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

बिमला वाग्ले : म खेलाडी भएर नै जान्छु जस्तो लाग्थ्यो पछि त्यो खेलको लाइन पनि छुट्यो। अचानक मेरो साच्चै ख्याल ख्याल गर्दा गर्दै  एस एल सी दिए पछि  २०४९ सालमा खरदार तह बाट खुल्ला महिला बाट सरकारी सेवामा प्रवेश गरे।

जागिर खाएको १८ वर्ष अस्थाई रह्यो ।पहिला नियुक्ति नवलपरासीको बर्दघाटमा महिला तथा बालबालिका कार्यलयमा भएको थियो। त्यहा मैले दुइ वर्ष सेवा गरे।

महिला भइकन महिलाको क्षेत्रमा काम गर्दा आनन्द लाग्थ्यो ।त्यसपछि म आफ्नै  जिल्ला तनहुमा सरुवा भयो।  त्यहा सरुवा  भएर  आफ्नै  ठाउमा आफ्नै माटोमा सेवा गर्ने मौका पाउदा म  धेरै खुसि थिए ।

मैले कार्यलयको जिम्मेवारी भन्दा पनि बढी आफ्नो व्यक्ति गत जिम्मेवारी ठानेर काम गरे ।आफ्नै ठाउमा भएको हुनाले  म सामाजिक काम गर्न रुचाउने भएको हुनाले विभिन्न संस्थामा रहेर समेत काम गरे ।धार्मिक सामाजिक काम हरु गरे। जेसिस , लाइन्स जस्ता संस्थामा समेत आवद्द भएर काम गरे ।

मैले महिला शीप विकास क्षमता अभिब्रिद्दी महिला शशक्तिकरण जस्ता कामहरु गरे ।पछि म काठमान्डू आए र अहिले म टोखा नगरपालिका अन्तर्गत बिषयगत शाखा अन्तर्गत बालबालिका शाखा प्रमुख भएर काम गरिरहेको छु।

कपन अनलाइन  : बालबालिका शाखा प्रमुखको रुपमा के कस्ता योजना रहेको छ ?

बिमला वाग्ले : हाम्रो योजना भनेको छर्लंग देखिने खालको हुदैन धेरै गार्हो हुन्छ। विकास निर्माणको कुराहरु हुन्छन त्यो कुरा देखिन्छन ,दुइ तीन दिनमा नै त्यसको नतिजा आउछ ।

तर  हाम्रो नतिजा आउनको लागि धेरै समय लाग्छ सबैले कुरा पनि बुझ्दैनन् ।अहिले नया जनप्रतिनिधिहरु आउनुभएको छ।  उहाहरुलाई पनि हामीले काम गरेर देखाउनु पर्नेछ।

मानिसहरुको सोचाइमा परिबर्तन ल्याउनु पर्ने परिबर्तन गर्ने कुराहरु सजिलो पनि छैन ।साच्चिकै यो महिला तथा बालबालिका कार्यलयले काम नै के हो देखिने काम गर्नुपर्छ भन्नु हुन्छ हामि होइन भन्छौ।

हाम्रो योजना भनेको समाजमा जुन विभेद को कुराहरु बिध्यमान रहेका छन । लैंगिक विभेदको कुराहरु  रहिरहन्छ तब सम्म पूर्ण बिकासका कुराहरु महिलाहरुलाई पनि सशक्त रुपमा आउनुपर्ने कुराहरुमा अगाडी जान पर्नेछ।

लैगिक विभेदलाइ अन्त्य गर्ने नै योजना रहेको छ ।त्यसको लागि चेतनामुलक कार्यक्रम अन्तर्गत यो विभेद हटाउन हामी संग संगै सबैले सहयोग गर्नु हुनेछ ।

अर्को  योजना भनेको टोखा नगरपालिकामा बालमैत्री नगरपालिका घोषणा गरिसकेको अवस्थामा बालबालिका सम्बन्धि बाल संरक्षणका कुराहरु बाल अधिकारका कुराहरुमा पनि विभिन्न संघ सस्थाहरु संग समन्वय गरेर  र  सहयोग लिएर अघि बढ्ने योजनामा छौ।

त्यसको लागि सम्बन्धित निकायलाई घच्घच्याउने कामहरु गर्नेछौ ।।जेष्ठ नागरिकको लागि पनि उहाहरुको हक अधिकारहरुको लागि पनि काम गर्नु पर्छ। जेष्ठ नागरिकको दायित्व पालन पोषण कसरी गर्ने परिवारहरुको दायीत्व राज्यको दायित्व के हो ?

समुदायको दायीत्व के हो? भन्ने बारेमा समुदायमा  सचेतना जगाउने र आफु सुरक्षित भएको महसुस गराउने जस्ता यो कामहरु गर्नको लागि विभिन्न तालिमहरुको पाटो हुन्छन ।

महिला सशक्तिकरणको पाटोलाई हेर्ने हो भने महिलाहरुलाई आयआर्जन सहित सशक्तिकरणको पाटो हुन्छ।  त्यसकै लागि   कामहरु गर्ने योजना रहेको छ ।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?

बिमला वाग्ले : यहाका जनप्रतिनिधि र नगरपालिकाका प्रमुख उपप्रमुख एकदमै सकारात्मक हुनुहुन्छ । हामीलाई निरन्तर के भैरहेको छ जानकारी लिने गर्नु भएको छ।समय समयमा सुझाब दिनुहुन्छ नगरपालिका बाट केही बजेट पनि बिनियोजन भएको छ। हामीले सकारात्मक सहयोग पाइरहेका छौ ।

 

तपाइँको प्रतिक्रिया ।