शालिनदी मेलाको तयारी अन्तिम चरणमा

कपन अनलाइन

काठमाडौ, पौष १५ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने साँखु माधवनारायण शालिनदी मेलाको तयारी अन्तिम चरणमा पुगेको  छ ।

यस वर्ष पुस १८ गतेदेखि मेला शुरु भई माघ १७ गते सकिनेछ । मेला अवधिभर साँखुमा लाखौँ भक्तजनको भीड लाग्छ । साँखु बजारलाई पुरानो एवं ऐतिहासिक शहरको रुपमा चिनिन्छ । माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले मेला व्यवस्थापनको तयारी स्वरुप साँखुका आठ वटै टोलमा भेला गरी टोल समूह गठन गरेको छ । संघसंस्था एवं महिला समूहको छुट्टै समिति गठन गरेर तयारी शुरु गरिएको छ।

कपन अनलाइनको टिम शालीनदीमा पुग्दा त्यहा मेलाको तयारीको लागि  धमाधम काम भइरहको थियो ।

यसै सम्बन्धमा हामीले शालीनदी मेला ब्यबस्थापनका उपाध्यक्ष द्वारिका नाथ श्रेष्ठ संग कपन अनलाइनले शालीनदी मेलाको बिषयमा केन्द्रित रहेर गरेको  कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन :  मेलाको तयारी कसरी भइरहेको छ ?

द्वारिका नाथ श्रेष्ठ : “यहाँ क्रियाशील नेपाल स्काउट, नेपाल प्रहरी, साँखु बस व्यवसायी संघलगायत संघसंस्थाले मेला व्यवस्थापनमा सहयोग गर्ने जिम्मा लिएका छन । इलाका प्रशासन कार्यालय र शंखरापुर नगरपालिकासँग पनि समन्वय गरेर मेलाको तयारी शुरु गरेका थियौ।

अहिले  नदीमा बनाएको बाधमा  ढलानको काम सकियो ।शालिनदी तटमा वर्षभरि नै पर्यटक आउने गरी आकर्षण केन्द्र बनाउने योजना अन्तर्गत झरना र पानीको फोहरा झर्ने गरी फाउन्टेन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

हामीले सरसफाइ गरी रंग रोगन गर्ने काम गरि सकेका छौ  । केहि ठाउमा बाँकी रहेको छ भने  शालिनदी तट माथि मन्दिरमा जान   सिंढी खुड्किला, निर्माण गरेका छौ सी सी टिभी मर्मत र जडानको काम अन्तिम चरणमा पुगेको छ ।

कपन अनलाइन : मेला ब्यबस्थापन समितिले यस वर्ष के फरक  काम गरेको छ ?

द्वारिकानाथ श्रेष्ठ : यस वर्ष शालिनदी तटमा घाट सुधारका थप योजना कार्यान्वयन भएको छ भने  समितिले मेला व्यवस्थापनको तयारी गरिरहँदा विगत वर्षमा भएका कमी–कमजोरी सच्याउने गरि कामहरु अघि बढाएका छौ ।

मेलामा आउने भक्तजन एवम् व्रतालुको सेवासुविधामा कमी आउन नदिने किसिमले काम गरिरहेको छ। त्यस्तै गरि  विगत वर्षमै खस्न लागेको पुरुष व्रतालु राति सुत्ने स्थल (धलम्पु) को संरक्षण गरेको छ ।

त्यो खस्न लागेको  ठाउँमा १९ फिट अग्लो र ४२ फिट लामो बाँध निर्माण गरेर संरक्षण गरिएको छ ।  यो मेला ब्यबस्थापन समिति गठन गरिएको छ जसमा २९  सदस्यीय मेला ब्यबस्थापन  समिति गठन गरिएको छ। जसमा ४ जना सल्लहाकार समेत रहेका छन ।

त्यसमा अध्यक्षमा राजु भाइ मानन्धर उपाध्यक्ष म आफै भए सचिबमा संगीता श्रेष्ठ हुनुहुन्छ महासचिब एल पी माली बरिष्ठ उपाध्यक्ष जीवन मान सिंह हुनु हुन्छ जसले   बिगत २५ वर्ष देखि पोखरी निर्माण गर्दै आएका छन्।यो वर्ष केहि नया काम गर्ने प्रयास गरेका छौ ।

कपन अनलाइन : यहा सम्म आइपुग्नको लागि समितिले यातायातको के कस्तो व्यवस्था गरेको छ ?

द्वारिका नाथ श्रेष्ठ : हामीले समिति नगरपालिका ,प्रशासन बसेर छलफल गरेका थियौ। साँखु मा चल्ने रुट नं ४ लेखेको बसको ढोकामा नै भाडादर टासिएको हुन्छ।

भाँडा दरमा एकरुपता हुन्छ अहिले जति तिरिरहनु भएको छ। त्यतिनै मूल्य हुनेछ भने बिद्यार्थी हरुको लागि छुट हुन्छ तर बिदाको दिन नहुन सक्छ त्यसमा हामी ग्यारेन्टी लिन सक्दैनौ । तर अरु दिनमा बिद्यार्थी छुट हुनेछ । यदि भाडा मूल्य भन्दा बढी लिएको खण्डमा भाँडा डर लेखिएको सुची भन्दा ताल तीन  वटा नम्बर हुनेछ।

त्यसमा सम्पर्क गरेर कसैले मूल्य दर भन्दा बढी लिएको पाएमा कारबाही गरिनेछ । मेलाको लागि बस समितिले २५ वटा बस थपेको छ।  यो मेलामा ८० देखि ९०  वटा बस ले  बेलुका ९ बजे सम्म सेवा दिनेछन  ।

कपन अनलाइन : ब्रतालुहरुको बस्नको लागि के बेवास्था गरिएको छ ?

द्वारिका नाथ श्रेष्ठ : हामिले ब्रतालुहरुको लागि पुरुष ब्रतालु हरुको लागि राति सुत्ने स्थल (धलम्पु) मा बेवास्था गरेका छौ भने महिला ब्रतालुहरुको लागि मास्के हाउसमा बेवास्था गरेका छौ ।त्यो चाहिं हाम्रो समितिमा सम्पर्क गरेर रजिस्टर गरेक हरुको लागि मात्र हो अन्यले आफै व्यवस्था  गर्नुपर्नेछ ।

कपन अनलाइन : आगामी योजना के रहेको छ ?

द्वारिका नाथ श्रेष्ठ :  यस वर्ष शालिनदी तटमा रहेको सार्वजनिक जग्गाको सीमांकन गरेर १० रोपनी १३ आना जग्गा निकालिएको छ । यस ठाउँमा आगामी वर्ष थप भौतिक निर्माणका काम गर्न सजिलो हुनेछ ।

सबै निर्माण कार्य चन्दा बाट जो भक्तजन हरुले बिगत मा उठाएको संकलित  चन्दा बाट नै निर्माणको काम भइरहेको हुनाले आगामी वर्षमा थप निर्माणको काम हुनेछ । यस वर्ष २५ लाखभन्दा बढी  भक्तजान आउने अनुमान गरेका छौ। बिगतमा पनि नेपालबाट मात्र नभई छिमेकी मुलुक भारत बाट पनि मेला भर्न आएका हुनाले यस वर्ष पनि आउने अनुमान गरेका छौ त्यहि अनुसार हामीले  तयारी गरिरहेका छौ।

तपाइँको प्रतिक्रिया ।