बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउछौ : गगन थापा

बुढानिलकण्ठ नगरपालिकाका  विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउछौ : गगन थापा

कपन अनलाइन

काठमाडौ,पौष १४।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल गाम्चा का मतदातालाई धन्यवाद दिएका छन ।आज बुनपा १३  मा घरदैलो गर्दै उनले निर्वाचनमा सहयोग गर्ने सबै मतदातालाई धन्यवाद दिएका हुन् ।

बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल गाम्चा बाट सुरु भएको उक्त धन्यबाद कार्यक्रममा स्थानीयबासीले उनलाई टिका माला खादा सहित सगुन खुवाई सफल कार्यकाल को शुभकामना दिएका थिए ।

उनि संगै उक्त धन्यबाद कार्यक्रममा उनि संगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश सभाका उम्मेदवार साधुराम खड्का र समानुपातिक सिफारिसमा परेका न्युछेनारायण श्रेष्ठ सहित नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयको बाक्लो उपस्तिथी रहेको थियो। हामी कपन अनलाइन को टिम त्यहा पुग्दा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा मतदाताहरुलाइ धन्यबाद दिइरहेका थिए ।

उनि संग हामीले कपन अनलाइनको पाठक चौतारीमा आएको गुनासो जुन नगरपालिकाले राजनैतिक दलका  चुनाब अंकित चिन्ह भएका प्रचार सामग्री हटाउनको लागि सार्बजनिक आवहान गरेको तर पनि अझै सम्म पनि  दलको चुनाब चिन्ह अंकित झण्डा देखिन्छ  यसमा तपाइको धारणा के छ भनेर सोधेका थियौ ?

त्यसको जवाफमा उनले  यस सम्बन्धमा हाम्रो आन्तरिक बैठक छलफलमा बिषय उठेर सम्बन्धित पार्टी कमिटिहरुलाई निर्देशन दिइसकेको तर मैले पनि सरसर्ती घुम्दै गर्दा थुप्रै ठाउमा नहटेको पाएको थिए यसलाई तुरुन्तै फेरी यसलाई हटाउनको लागि तलको साथीहरुलाई फेरी परिचालन गरिहाल्छु भन्ने उत्तर दिए । उनले भने  “यो ठिक कुरा हो  पाठक चौतारीमा आएको कुरालाइ हामीले सकारात्मक रुपमा लिएका छौ धन्यबाद छ गुनासोको लागि  हामीलाई सचेत गराउनु भएकोमा र  यसलाई हामी चाडै हटाउछौ” ।

 

 

तपाइँको प्रतिक्रिया ।