राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

कपन अनलाइन

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिकसमेत नभएपछि राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवासँग परामर्श गर्दै राष्ट्रपतिले विधेयकमा राजनीतिक सहमति जुटाउन दलहरुलाई आग्रह गरे पनि मिलविन्दु पहिल्याउन नसकेकाले आफ्नो कर्तव्य र भूमिकाअनुसार अध्यादेश प्रमाणीकरण गर्ने बताइन् ।
स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिले प्रमाणीकरणअघि राजनीतिक नेतृत्वसँगै कानुनविदहरुसँग अध्यादेशका विविध पक्षमा छलफल गरेर अन्तिम निर्णयमा पुगेको बताइन् । सरकारले एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश पठाएपछि शीतल निवासमा दुई महिनादेखि रोकिएको थियो ।
निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभामा ठूलो दल भएको एमालेले बहुमतीय प्रणालीबाट नै राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने अडान लिएपछि विधेयक प्रमाणीकरणमा उल्झन पैदा भएको थियो । राष्ट्रपतिले विधेयक प्रमाणीकरणपछि पनि राजनीतिक समझदारीका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।