काठमाडौं ४ प्रदेस २ मा भेटघाटलाई तीव्र बनाउदै कुसुम कुमार कार्की

काठमाडौं ४  प्रदेस २ मा भेटघाटलाई तीव्र बनाउदै कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौ,कार्तिक २१ ।

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा बाम गठवन्धनको तर्फ बाट उम्मेदवार कुसुम कुमार कार्की अहिले चुनावी भेटघाटमा रहेका छन । कार्तिक २० गते उनले बुनपा ९ ,बुनपा १० र बुनपा १३ का विभिन्न स्थानमा आन्तरिक र खुल्ला भेटघाटमा रहेका थिए ।

कार्कीले भेटघाटको क्रममा यस प्रदेस क्षेत्रको विकास र सम्बृदीलाई मुख्य मुद्दा बानाएको बताउने गरेका छन । क्षेत्रको पानी ,बिजुली ,बाटो र पूर्वाधार विकासलाई केन्द्रमा राखेर काम गर्नु पर्ने उनको धारणा रहेको छ ।

अत्यन्त सुन्दर भूगोल ,प्रचुर प्राकृतिक सम्पदा र दक्ष मानव श्रोत रहेको क्षेत्र विकासका लागि अव मात्र पहलकदमीको आवस्यकता रहेको र त्यसको लागि नगरपालिका जस्तै प्रदेस र केन्द्रिय क्षेत्रमा एमालेले जित्नु पर्ने उनको भनाइ थियो ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को २ पटक अध्यक्ष रहेका कार्की २०४९ र २०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविसमा क्रमस उपाध्यक्ष र अध्यक्ष निर्वाचित बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।