श्रीलङ्कामा जारी १९ औं डव्लु के आइ अन्तराष्ट्रिय कराँते प्रतियोगीतामा नेपालललाई ६ स्वर्ण

श्रीलङ्कामा जारी १९ औं डव्लु के आइ अन्तराष्ट्रिय कराँते प्रतियोगीतामा नेपालललाई ६ स्वर्ण

कपन अनलाइन

श्रीलंका ,कार्तिक २० ।

श्रीलङ्कामा जारी १९ औं डव्लु के आइ  अन्तराष्ट्रिय कराँते प्रतियोगीतामा नेपालले  ६ स्वर्ण सहित ११ पदक हात पारेको छ । नेपाल सहित आयोजक राष्ट्र श्रीलङ्का ,भारत र न्युजल्याण्ड सहभागी प्रतियोगीतामा नेपाल उक्त सफलता हात पारेको हो ।
प्रतियोगीता अन्तर्गत सुरेन्द्र तामाङ्गले ४५ के.जी कुमुते तर्फ स्वर्ण पदक, वर्षा बुढा मगरले ४५ के.जी तौल तर्फ स्वर्ण पदक, विनिता चपईले ४० के.जी तौल तर्फ स्वर्ण पदक त्यसैगरी विकास राजबहाकले ७५ के.जी कुमुते तर्फ स्वर्ण पदक हात पारेका छन भने नविन महर्जनले ६७ के.जी कुमुेत स्वर्ण , धुर्व थापाले ८४ के.जी कुमुेत तर्फ रजत पदक र अनिश लामिछाने ५० के.जी कुमुते तर्फ रजत पदक हात पारेका थिए ।
सो प्रतिस्पर्धामा टिम इमेन्ट तर्फ नेपालले रजत पदक प्राप्त गर्न सफल भएको छ ।

नेपाली टोलीका प्रशिक्षक एवम् अन्तराष्ट्रिय वादो फेडेरेशन नेपालका चिफ कोच मोहन महर्जनले छोटो समयको तयारीमा नेपाली खेलाडीहरुले पाएको यस सफलताले आफु निकै खुसी भएको बताए । अन्तराष्ट्रिय वादो फेडेरेशन नेपालका अध्यक्ष सुर्दशनराज विष्टले खेलाडीहरुले पाएको सफलता व्यक्तिगत नभई राष्ट्रको सफलता भएको हुनाले उनिहरुलाई राज्यले उचित कदर गर्नुपर्ने बताए । प्रतियोगीतामा सहभागी हुनका लागि नेपाल बाट प्रशिक्षक मोहन महर्जन , निर्णायक निरज महर्जन सहित १० जनाको टोली श्रीलङ्कामा रहेका छन ।

उक्त प्रतियोगीतामा नेपाल सहित श्रीलङ्का ,भारत र न्युजल्याण्डका खेलाडीहरुले आफ्नो सहभागीता जनाएका थिए  ।

तपाइँको प्रतिक्रिया ।