बुढानिलकण्ठ नगरपालिकाले प्रदेस र संघीय सरकार संग बजेट माग गरेका २९ योजनाहरु
कपन अनलाइन
काठमाडौ,कार्तिक ६।
बुढानिलकण्ठ नगरपालिकाले आ.व २०७४/७५ को प्रथम नगर सभा बाट बुढानिलकण्ठ नगरपालिका भित्रका निम्न योजनाहरुलाई प्रदेस र संघीय सरकारको योजनामा सामेल गरि बजेट विनियोजनका लागि माग गर्ने निर्णय गरेको छ ।
स्थानीय श्रोत र साधनले सम्पन्न गर्न नासिकिने ठुलो बजेटका योजनाहरुको लागि प्रदेस र संघीय सरकार संग रकम माग गरि योजना कार्यान्वयन गर्नका लागि नगर सभा बाट यो बजेट माग गर्ने निर्णय गरिएको नगरपालिका श्रोतले बताएको छ ।
प्रदेस तथा संघीय सरकार संग निम्न योजनाहरुको लागि बजेट माग गरिएको छ :
- धोवीखोला कोरिडोर र ढल निर्माण
- विष्णुमती कोरिडोर र ढल निर्माण
- बुढानिलकण्ठ गुरु योजना निर्माण र कार्यन्वयनका लागि बजेट विनियोजन
- गोकर्ण –शहिद पार्क – जगडोल –कौडोल –बुढानिलकण्ठ सडक विस्तार
- मान बहादुर मार्ग –चुनिखेल – जगडोल सडक निर्माण
- विष्णुमती र धोवीखोला नदी गल्छी नियंत्रण योजना
- बुनपा ११ कृष्ण मन्दिर -दारेगौडा – सहिद पार्क जगडोल सडक विस्तार योजना
- शिव मन्दिर शहिद पार्क सडक –कपन
- पन्चकन्या मार्ग –तारेभिर सडक विस्तार
- बुढानिलकण्ठ पिकनिक तथा मनोरंजन पार्क निर्माण बुनपा -५
- पर्यटकीय पार्क निर्माण –बुनपा १३
- सुवर्ण समशेर(बुढानिलकण्ठ ) क्रिकेट मैदान बुनपा १३
- बुढानिलकण्ठ सिटी अस्पताल निर्माण
- बुढानिलकण्ठ नगरपालिका प्रशासनिक भवन निर्माण
- मेलम्ची आयोजनाले समेट्न सक्ने भूभागमा प्रथम चरण र दिश्रो चरणमा गरी पानी वितरण योजना कार्यान्वयन
- बुढानिलकण्ठ बृहत्तर खानेपानी आयोजना
- केयुकेएल द्वारा संरक्षित बुढानिलकण्ठ खानेपानी योजना संरक्षण तथा व्यवस्थापन
- बुनपा ८ को सार्वजनिक जग्गा मा बहुउदेश्यीय योजना निर्माण तथा कार्यान्वयन
- गिरिजा प्रसाद कोइराला सहिद पार्क योजना कार्यान्वयन
- बुढानिलकण्ठ शिवपुरी लेक केवलकार वृस्तृत अध्ययन सर्भे
- बुढानिलकण्ठ पोली टेक्निक इन्स्टिच्युटको निर्माण
- बुढानिलकण्ठ वस्ती विकास योजना कार्यान्वयन
- कपन डुवान समस्या नियन्त्रण र बृहत ढल निकास योजना
- बुढानिलकण्ठ को अव्यवस्थित बसोवास व्यवस्थापन
- बुनपा ६ मा बृहत हरियाली पार्क निर्माण
- बुनपा २ र १३ रुद्रेश्वर ,भद्रकाली मन्दिर विकास गुरु योजना निर्माण र कार्यान्वयन
- बुढानिलकण्ठ नमुना जेष्ठ नागरिक आश्रम निर्माण
- बुढानिलकण्ठ सौर्य बत्ती उज्यालो अभियान योजना निर्माण र कार्यान्वयन
- बुनपा ५ देखि बुनपा ११ सम्म सडक संजाल जोड्ने
तपाइँको प्रतिक्रिया ।