भोजपुर जिल्ला प्रदेस क्षेत्र “क” मा राजेन्द्र राई

कपन अनलाइन 

भोजपुर ,कार्तिक ६ ।

वाम गठवन्धनको तर्फ बाट पहिलो चरणको निर्वाचन हुने भोजपुर जिल्लामा प्रदेस क्षेत्र “क” तर्फ राजेन्द्र राई उम्मेदवार बनेका छन ।नेकपा एमालेको तर्फ बाट सिफारिस भएका राई पार्टीका र जन संगठनका विभिन्न तहमा रहेर निरन्तर काम गरेका लोकप्रिय युवा नेता हुन् ।

उनले अनेरस्वोबियुको विभिन्न तहमा रहेर काम गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन ।देशमा भएका विभिन्न आन्दोलनहरुमा अग्र भागमा रहेर नेतृत्व गरेका उनले देशमा जातीय आन्दोलनको राप बढ्दा वर्गीय राजनीतिलाई रोजेर भूगोल र रास्ट्रिय राजनीतिमा सक्रिय रहेका थिए ।

पन्चायतकालमा   स्कुले उमेरदेखि आजका मितिसम्म पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा रहेका उनि अध्ययनशील र बौद्धिक नेता मानिन्छन ।नेपालमा भएका विभिन्न आन्दोलनमा पटक पटक हिरासतमा परेका उनले गणतन्त्र स्थापनाको आन्दोलनमा सशक्त नेतृत्व गरेका थिए भने भोजपुर जिल्लाको विकासमा स्थानीय स्तरमा र केन्द्रमा रहेर भूमिका निर्वाह गरेका थिए ।

रत्न राज्य लक्ष्मी क्याम्पसका पुर्व स्ववियु सभापति समेत रहेका राई ले नेपालको शैक्षिक आन्दोलनमा पनि योगदान दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।