नेशनल प्याव्सन काठमाडौको लोक नृत्य प्रतियोगिता सम्पन्न

नेशनल प्याव्सन काठमाडौको लोक नृत्य प्रतियोगिता सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र ५ ।

नेशनल प्यावसन काठमाडौंको आयोजनामा एनप्याव्सन जिल्ला स्तरिय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । साउन ३२ गते बुधबार जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा कुल ५२ विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा क्रमश शारदा एकेडेमी प्रथम, दिव्य ज्ञान स्कुल द्धितिय, जोसेफ पव्लिक स्कुल तितृय र काठमाडौं विद्या मन्दिरले सान्तवना स्थान हासिल गरेका थिए । त्यस्तै, प्रतियोगितामा आरुनी इङलिस स्कुल, कोलम्बस इन्टरनेशनल स्कुल, ज्योती एकेडेमी, प्रोग्रेसिभ इङलिस सेकेन्डरी स्कुल, काठमाडौं इन्टरनेशनल स्कुल र अर्किड पुपिल सेकेन्डरि स्कुल क्रमशः पाँचौ ,छैटौं,सातौं ,आठौं ,नवौं र दशौ हुन सफल भएका थिए। कार्यक्रममा उत्कृष्ट दशै टिमलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नृत्य कलाकार छात्रा तर्फ जोसेफ स्कुलकी सारिका लामाले हात पार्दा सोही विधामा छात्र तर्फ स्वयम्भु स्कुलका कर्मा तामाङले वाजी मारेका थिए ।

एपेक्स लाइफ स्कुल भेषभुषामा उत्कृष्ट भइरहँदा दिव्य ज्ञान स्कुलका नृत्य निर्देशक सुरज प्रभात छिनाललाई उत्कृष्ट नृत्य निर्देशकको उपाधी प्रदान गरिएको थियो । कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले बहुभाषिक, बहु धार्मिक र सांस्कृतिक रुपमा धनि रहेको नेपालको समग्र सांस्कृतिक महत्व बुझ्न र यसको जगेर्ना गर्न विद्यार्थीलाई बोध गराउने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक एवम् एन प्याव्सन काठमाडौंका संचार विभाग प्रमुख गेन्द्र लामाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।