गोकर्णेश्वर महादेब मन्दिरमा श्रद्दालुहरुको भिड

गोकर्णेश्वर महादेब मन्दिरमा श्रद्दालुहरुको भिड

कपन अनलाइन

काठमाडौ भाद्र ५ ,

कुशे औशी जसलाइ गोकर्णे औशी वा बाबुको मुख हेर्ने दिनहो ।प्रत्येक बर्ष भाद्र कृष्ण औशी को दिनलाइ कुशे औशी भनिन्छ । आज ब्राह्मण द्वारा बैदिक मन्त्रोच्चारण पुर्बक छेदन गरी  ल्याइएको कुश घरघरमा भित्र्याउने चलन पनि छ ।

बैदिक संस्कृतिमा महत्वपूर्ण ठाउँ ओगटेको कुश सधै काट्न पाइदैन कुशलाई काट्न बर्षको एक पटक अर्थात आज भाद्र कृष्ण औशिमा मात्र काट्न पाइन्छ  ।कुश काटे पछि त्यस्को संरक्षणका लागी  फेरी  रोप्नुपर्छ ।श्रावण शुक्ल चतुर्दर्शीका  दिन कुश रोप्ने शास्त्रीय बिधान रहेको पाइन्छ । आज घरमा भित्र्याएको कुश बर्ष भरीका देवकार्य एबम पृतृकार्यका लागी प्रयोग गर्न पबित्र मानिन्छ ।

कुशलाइ हिन्दुधर्मालम्बीहरुले भगवान बिष्णुको प्रतीकको रुपमा घरमा राख्ने गर्छन् ।आज आफ्ना छोराछोरीले आफुलाइ जन्म दिने पितालाइ आदर सम्मान पुर्बक मिठाइ ,फलफूल र खाद्य सामाग्री सहित उपहार समेत दिने गर्दछ्न टाढा भएका छोराछोरी समेत आज वावु भेटन जाने चलन छ ।

आफ्ना पिता यस सन्सार नभएका सन्तानले आज काठमाडौ बाट १० कि मि उत्तरपुर्ब गोकर्णेश्वर नगरपालिका वडा नं  ४ मा रहेको गोकर्णेश्वर महादेब मन्दिर परिसरमा रहेको बागमती नदिमा स्नान गरी  बिधिपुर्बक पिण्डदान , तर्पण र ब्राह्मणलाई सिदादान गरी  भोजन समेत गराइ दिबङगत पितालाइ श्रद्दा भक्ती पुर्बक सम्झने गर्दछ्न ।यसो गरेमा मुक्त नभएका पृतृहरुले पनि मुक्ति पाउँछन् भन्ने जनबिश्वास रहेको छ ।

आज बिहानै देखि गोकर्णेश्वर महादेब मन्दिरमा श्रद्दालुहरुको भिड लागेको छ ।बिहानै देखि विभिन्न समुदायका मानिसहरुले आफ्नो रिति र संस्कृति परम्परा अनुसार पिण्डदान गरेका छ्न । मन्दिरमा नेपाल प्रहरी नेपाल स्काउट , विभिन्न बिधालयका विद्यार्थीहरु  ,संघ सस्था र स्वयसेबकहरुले मेला ब्यबस्थित गर्न सहयोग गरेका छ्न ।नाचगान समेत गर्दै मेला भर्न टाढाटाढा बाट श्रद्दालुहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।