बुढानिलकण्ठ नगरपालिकाको समस्या समाधानको लागी सघन छलफलमा छु : राजु श्रेष्ठ
कपन अनलाइन
काठमाडौ,भाद्र ५ ।
बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी भएको आज दोश्रो दिन हो । निर्वाचन आयोगको मतदाता नामावली संकलन कार्य कार्यालय भन्दा बाहिर संकलन गरिएको भन्दै स्थानीय राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका थिए । यसको विरोध क्षेत्र नं ४ का सांसद गगन थापाले संसदमा समेत विशेष समय लिएर गरि सकेका छन । यस सन्दर्भमा कपन अनलाइनले नेपाली कांग्रेस क्षेत्रीय सभापती राजु श्रेष्ठ संग संक्षिप्त कुराकानी गरेको थियो ।
यो समस्या को समाधान कसरी हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले आफु निरन्तर समाधानको पहलमा रहेको र यसका लागी नगर प्रमुख ,एमाले क्षेत्रीय नेताहरु ,अन्य दलका नेताहरु संग सघन छलफल गरिरहेको बताए। नगरपालिकाका कुनै पनि जनता मतदानको अधिकार बाट बन्चित हुनु नहुने र यो प्रक्रिया सम्मत हुनुपर्ने उनको भनाइ छ ।
यो विरोध भन्दा पनि असन्तुस्टी रहेको उनको धारणा छ । मतदाता नामावलीमा कोहि छुट्नु हुन्न र त्यो विधि विधान र प्रक्रिया सम्मत हुनुपर्ने उनको भनाइ रहेको छ । यो मतदाता नामावली संकलन नेताको घरमा भन्दा राती नै भएपनि निर्वाचन कार्यालयमा गरेको भए उचित हुने थियो भन्ने उनको धारणा थियो ।
यस्ता घटनाहरुले जनप्रतिनिधिहरु माथिको विस्वास घटाउने हुनाले यस प्रति सजग हुनुपर्ने र यो तालावन्दी सकेसम्म चाडै खोल्ने प्रयासमा लागेको श्रेष्ठले बताए। अहिले पनि प्रक्रिया पुगेका धेरै नागरिक छुटेका छन दिनभर लाइनमा बसेर पनि फोटो खिचाउन नपाएकाहरुले आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्ने बताउदै श्रेष्ठले यसका लागी सर्वपक्षीय छलफल गरेर समाधान खोज्ने प्रयासमा रहेको बताए ।