कीर्तिपुर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र २।

कीर्तिपुर नगरपालिका वडा नं ७ का मुख्य तथा सहायक सडकहरु विस्तार,मर्मत ,सुधार र निर्माण गरी वडाका सबै गाउँ टोलमा सहज यातायातको व्यवस्था गर्दै वडालाई नमुना वडा बनाउने प्रमुख योजना रहेको अध्यक्ष राजकुमार मालीले बताए ।

यस्ता सडकहरु तर्फ विष्णुदेवी मन्दिर उत्तर भाजङगल छिर्ने बाटो कालो पत्रे गर्ने, वडा कार्यलय दक्षिण इटागाल जाने गोरेटो फराकिलो गर्ने, कीर्तिपुरबाट भाजङगल छिर्ने बाटो फराकिलो गर्ने, बैष्णबीमा विबाट टाउन प्लानिङ जाने बाटो र त्रिवेणि मार्ग कालोपत्रे गर्ने, गरुडस्थान देखी इटागोल पाटी सम्म कालोपत्रे गर्ने, पाइप लाइनको बाटो फराकिलो गर्ने र पन्चकन्या स्टील टयान्की देखी भाजङगल जाने बाटो फराकिलो गर्ने साथै बाटो स्तरउन्नती गर्ने योजना रहेको वडा नं.७ का अध्यक्ष मालीले बताए ।

किर्तिपुर नगरपालिका वडा ७ को खानेपानी समस्याको समाधानको लागी दुधपोखरी र सिमकोपानी जम्माएक हप्तामा एक पटक आधा घन्टा मात्र आउने हुनाले वडाले समय बढाउने पहल गर्ने र डिप बोरिङ गर्ने साथै भएका कुवा इनार संरक्षण गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

वडामा रहेको शैक्षिक गुणस्तर सुधारको लागि पूर्वधार निर्माण गर्ने, फेक नेपाल संस्था संग मिलेर सोमबार स्वास्थ्य परिक्षण गर्ने, जनस्वास्थ्य संग समन्वय गरी महिनाको १५ गते खोप कार्यक्रम गर्ने र, जेष्ठ नागरिक र महिलाहरुको लागी स्वास्थ सिबिर संचालन गर्ने योजना वडा नं.७ ले बनाएको छ ।

जेष्ठ नागरिकहरलाई सामाजिक सुरक्षा भत्ता उचित दिन तोकी बैंक प्रतिनिधि मार्फत वडामै वितरण गर्ने, जेष्ठ नागरिकलाई सम्मान गरी  देवदर्शन गराउने साथै जेष्ठ नागरिकको लागी दिवा सेवा केन्द्र खोली भजन लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने योजना रहेको अध्यक्ष मालीले बताए ।

वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको छिटोछरितो सेवा दिने योजना रहेको वडा अध्यक्ष मालीले बताए ।

वडा भित्र रहेका धार्मिक तथा संस्कृतिक सम्पदाहरु संरक्षण गर्ने, विष्णुदेवी  मन्दिर र महर्जन, श्रेष्ठ र खड्कीको चिहान संरक्षण गर्ने र अन्य वडामा भएको मठ मन्दिर संरक्षण गर्ने साथै सांस्कृतिक परम्परा संरक्षण गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

वडामा रहेका सार्वजनिक जग्गा संरक्षण गरी व्यवस्थित गर्ने र खेलकुदको लागि ब्याट मिन्टन कोर्ट निर्माण गर्ने ,अन्य खेलकुदका गतिविधिहरु संचालन गर्ने योजना रहेको अध्यक्ष मालीले बताए ।

महिलालाई लक्षित कार्यक्रम तर्फ सिपमुलक तालिम ,वेकरी तालिमका साथै आयमुलक तालिम दिने योजना रहेको वडा अध्यक्ष मालीले बताए ।

कीर्तिपुर नगरपालिका वडा नं.७ मा अध्यक्ष मालीको साथमा प्रकाश सिंह महर्जन, राजकुमार महर्जन, महेश्वरी माली र भुना परियारजनप्रतिनिधि रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।