सरसफाई अभियानको सुभारम्भमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को निमन्त्रणा

सरसफाई अभियानको सुभारम्भमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को निमन्त्रणा

कपन अनलाइन 

काठमाडौ,भाद्र २ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले सरसफाई वर्ष अभियान संचालन गर्ने निर्णय गरेको छ । हरेक महिनाको अन्तिम सनिवार हुने यस सरसफाई  कार्यक्रमको तयारीका लागी  वडाका विद्यालय ,संघ संस्था ,टोलसुधार समिति र वडावासीहरुलाई  सहभागिता हुनका लागी  वडा नं १० का अध्यक्ष नवराज भट्टराईले अनुरोध गरेका छन ।

यसै अभियानको छलफलका लागी भाद्र ३ गते सनिवार वडाले वालउद्धार मावीमा बृहत भेलाको आयोजना गरेको हो ।भोलीको भेलामा वडाका टोल सुधार समिति ,संघ संस्था , विद्यालय र वडावासीहरुलाई निमन्त्रणा  गरिएको र त्यस भेलाले  सरसफाई अभियानको सुभारम्भ गर्ने अध्यक्ष भट्टराईले बताए।

तपाइँको प्रतिक्रिया ।