कीर्तिपुर नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र २।

कीर्तिपुर नगरपालिका वडा नं ८ का मुख्य तथा सहायक सडकहरुको निर्माण ,मर्मत तथा सुधार गरी वडाका सबै गाउँ टोलमा सहज यातायातको व्यवस्था गर्ने मुख्य योजना रहेको वडा नं ८ का अध्यक्ष बिनोद महर्जनले बताए ।

वडा नं ८ का मुख्य तथा सहायक सडकहरुमा याकछे: ढुङ्गा छपाई गर्ने ,प्रगतिपथको ढुङ्गा छपाइ अपुरो योजनालाई निरन्तरता दिने ,बसुन्धारा देखी पागा मावी सम्म ढुङा छाप्ने ,तुचाखेल बाटोमा ढुङ्गा छाप्ने ,सिकुछे देखी लायकुमा ढुङ्गा छाप्ने ,हनुमान घाट देखी लाछी सम्म, सहिद पथ देखी ढोकासी सम्म सडकको दायाँ बायाँ ड्रेन सहित बाटो मर्मत गर्ने बनाउने ,कलगाचा देखी तुचाखेल भुजिन्द सम्म ढुङ्गा छाप्ने ,पाहु टोल देखी भुजिन्द जाने गल्लीमामा ढुङा छाप्ने ,हनुमान घाटको उकालो बाटो ढलान ,भ्याबु बाटो मर्मत गर्ने ,साथै अन्य बाटो आवस्यकता हेरी मर्मत सुधार गर्ने साथौ वडाका विभिन्न स्थनमा ढल ब्यबस्थित गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ८ को खानेपानीको समस्या समाधानका लागी खानेपानीको पाइप लाइन मर्मत तथा बिस्तार गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ८ का धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने विशेष योजना बनाउने अध्यक्ष महर्जनले बताए ।यस्ता योजनाहरुमा लाछी पोखरी मर्मत गर्ने पोखरी वरिपरी तारजाली राख्ने ,चिरकुमा ऐतिहासिक पाटी निर्माण गर्ने ,ढोकासी बियाँ:गुठी माथी ट्रस्ट निर्माण गर्ने ,वडा भवन भुकम्पले क्षती पुर्याएको ले पुनः निर्माण गरि ब्यबस्थित गर्ने ,ढोकासीको पुस्तकालय ब्यबस्थित गर्ने ,चिखुमा बालउधान तथा हरियाली बनाउने र पोखरी वरिपरि बस्नको लागी  मेच राख्ने र प्रगतिशील युबा क्लबको भबन पुननिर्माण गर्ने योजना वडा नं ८ ले बनाएको छ ।

महिला लक्षित कार्यक्रम तर्फ शिपमुलक र आयमुलक तालीमहरुलाई प्राथमिकता दिने जसमा उद्घोषण तालीम, लोकसेवा तयारी तालिम, कृषि ,डेरी तालिम संचालन गर्ने ,युबाको लागी जे.टि .ए ,पशुपन्क्षी सेवा तालिम तथा पोल्ट्री फार्म तालीम संचालन गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।त्यस्तै वडा नं ८ को पर्यटनको विकासका लागी होमस्टे तालिम संचालन गर्ने र सडक बत्ति वडाका  सबै टोलमा राख्ने योजना पनि बनाएको छ ।

जेष्ठ नागरिकहरुको लागी स्वास्थ शिबिर र भ्रमणको व्यवस्था गर्ने र सामाजिक सुरक्षा भत्ता सकेसम्म घरमै पुर्याउन पहल गर्ने अध्यक्ष महर्जनले बताए ।वडाको अर्को महत्वपूर्ण योजना विपद परेको वेला नागरिकहरुको व्यवस्थापन र सामग्री भण्डारण गर्ने विशेष स्थान निर्माण गर्ने रहेको छ ।

वडा नं ८ को शैक्षिक सुधारको लागी आवस्यक पहल गर्ने तथा बालबालिकाको लागी खेल सामग्री उपलब्ध गराउने र वडाको टोल टोलमा फ्री वाइफाइ क्षेत्र बनाउने  साथै वडा परिसरमा सिसिटिभि जडान गर्ने अध्यक्ष महर्जनले बताए ।

कीर्तिपुर नगरपालिका वडा नं ८ मा अध्यक्ष महर्जनका साथमा नरेन्द्र श्रेष्ठ, राजेश महर्जन, सानूमैयाँ महर्जन र  सरस्वती परियार जनप्रतिनिधि रहेका छन।

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।