दृस्टीबिहिनको दुख

दृस्टीबिहिनको दुख

कपन अनलाइन

काठमाडौ,साउन ३१ /विकल सापकोटा

सबित्री मगर र  शेर बहादुर मगर जो बोद्ध स्तुपा परिसरमा सानो पसल थापेर बस्छ्न दुवै दृस्टीबिहिन हुन् ।तीन बर्ष पहिले काठमाडौ आएको यो जोडि पहिला पोखरा मा पनि पसल गर्दथ्यो ।

दुबैको यो पहिलो बिवहा भने पक्कै होइन। सबित्री भन्छिन पहिला धेरै गार्हो थियो माइतीमा हेला थियो अनि आफै सहर बजार छिरे र पोखरा नर्सिङ क्याम्पस बाट अलि माथी एक वर्ष  अगर बत्ती मै बत्ती बनाइन त्यहाँ पनि बस्न मन नभए पछि हालको श्रीमान संग  भेट भयो वहाले पसल गर्नु हुदो रैछ र सङै पसल गर्न थालियो।

उनीहरुको पसलमा धेरै सामान छैन तर धेरै ले तौल जोख्ने गर्छ्न ।तौल जोखेको १० रुपैया दिन्छ्न । काम गर्दा खासै अफ्ट्यारो त छैन हाल सडकमा भने सारै गार्हो भैरहेको उनले बताइन ।

बिहान ५ बजे आयेर बेलुका ७बजे सम्म पसलमा काम गरेर वेलुका उनीहरु कुमारीगाल टुसालमा रहेको कोठामा जाने गरेका छन ।सो कोठाको  महिना को ३ हजार भाडा तिर्ने उनीहरुले यो काम गरेर लाउन खान र पसल चलाउन मुस्किलले पुगेको बताए ।

मागेर कति खानु एक दिन त खानु दुई दिन खानु तर सधै मागेर नहुने बुझे पछी यो काम सुरु गरेको उनीहरुले बताए । ।आफै परिश्रम गर्न तत्पर यी दम्पती यहाँ हात खुट्टा सद्दे भएकाले पनि मागेर खाने गरेको सुन्दा अच्चम्म मान्दछन अनि युबा हरु तेतिकै कुलतमा फसेको सुन्दा दुख लाग्ने उनीहरुले बताए ।

काम गर्न लाज मान्नु नहुने र बौद्धमै बिहान सद्दे माग्नेहरु धेरै हुने गरेको र पर्यटकलाई समेत मागेर हैरान पर्ने गरेका कुरा उनीहरुलाई मन परेको छैन घुम्न आएका पर्यटकहरुले यस्तो कामले असजिलो महसुस गर्दछन जुन हाम्रो लागी राम्रो हैन उनीहरुले बताए ।

५ वर्षको उमेरमा ज्वरोले अँखा पाके पछि दृस्टी गुमाउन पुगेका शेर बहादुर संग पहिलाको श्रीमानको आफ्नै देवरले हत्या गरे पछि एक्लिएकी सबित्री मगर खुसी साथ बस्दै आएकी छन उनका पहिलाको श्रीमान पट्टि का २ छोरा रहेको पनि उनले बताइन ।

अज्ञानता वस दृस्टी बिहिन श्रीमतीले मेटासिट खाएपछि शेर बहादुर पनि एक्लिएको बेला सावित्री भेट्दा जीवनले चौतारी पाएको बताउछन ।

सरकार र संघ संस्था ले खान लाउन दिएर राख्नु भन्दा काम गर्न प्रेरणा र सहयोग दिए राम्रो हुने उनीहरुले बताए । दुख सुख त् सबैको छ धनी गरिव ,ठुलासाना यहाँ दुख नहुने कोहि छैन केवल हाम्रो अलि फरक होला उनीहरुले दार्शनिक टिप्पणी गरे । जतिनै दुख कस्ट भए पनि जीवन बाच्न हो हामी संघर्ष गरेर बाच्छौ उनीहरुले आफ्नो निस्कर्ष सुनाए ।

 

 

तपाइँको प्रतिक्रिया ।