उद्धार र राहतमा चुरेभावरका नेता, कार्यकर्ता जुट्ने

उद्धार र राहतमा चुरेभावरका नेता, कार्यकर्ता जुट्ने

कपन अनलाइन 

काठमाडौँ, ३१ साउन । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गरेको छ ।

प्राकृतिक विपत्तिमा परेका पीडितको उद्धार र राहतमा सहयोग पु¥याउन सबै पक्षसँग अपिल गर्दै उक्त पार्टीले सीमा क्षेत्रमा निर्माण भएको सडक र बाँधबाट तराई–मधेशका धेरै गाउँ डुबानबाट हजारौँ जनता प्रभावित भएको जनाएको छ ।

उक्त पार्टीले जिल्ला समिति, भ्रातृ संगठन तथा सबै केन्द्रीय पदाधिकारी, सदस्य र शुभेच्छुक सबैलाई बाढीपीडितको उद्धार राहतमा जुट्न निर्देशन पनि दिएको छ । पीडितलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधिका लागि पहल गर्न पार्टीको तर्फबाट सरकारको गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष बद्री न्यौपानेले जानकारी दिए ।

भारतले सीमा क्षेत्रमा बनाएका उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा थप डुबानको समस्या सिर्जना भएको जनाउँदै उक्त पार्टीले त्यस्ता संरचना हटाउने विषयमा भारतसँग कूटनीतिक माध्यमबाट तत्काल पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

तपाइँको प्रतिक्रिया ।