चन्द्रागिरी नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २७।

चन्द्रागिरी नगरपालिका वडा नं ८ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,निर्माण,सुधार र मर्मत गर्दै वडाका सबै टोलमा सहज यातायातको व्यवस्था गरी वडालाई सम्मुनत र नमुना वडा बनाउने मुख्य योजना रहेको वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले बताए ।

यस्ता मुख्य तथा सहायक सडकहरुमा कुवापानी बाट बाझाचौर सडक ग्राबेल गर्ने , भुसुङडोल हाइल्यान्ड ढाक्सी जोड्ने बाटो ग्राबेल गर्ने ,प्रहरी चौकि मातातिर्थ देखी बाबा आश्रम बाटो ग्राबेल गत्ने ,टाखेल नागस्थान मार्ग ग्राबेल ,पिपल बस्ती नयाबस्ती बाटो ग्राबेल ,बिनायक बस्ती बाटो ग्राबेल ,सेतिदेबी सडक निर्माण , गैरी घर, दिलकुमार श्रेष्ठको घर अगाडी बाटो ढलान ,खरिबोट नागस्थान पुल ढलान ,भिमसेन खोला अच्युत रिजालको घर अगाडि बाटो ढलान गर्ने ,कुमारी थान ठाडो बाटो ढलान , अमराबती गेट डेखी ढाक्सी धारा जोड्ने सडकमा साइड डृन सहित मर्मत , तीनमाने ढुङ्गा देखी साबिक मातातिर्थ ६ जोड्ने बाटो मर्मत ,वडा कार्यलय देखी सचिब प्रेम  बहादुर थापाको घर सम्म बाटो मर्मत गर्ने योजना वडा नं ८ ले बनाएको छ ।

त्यस्तै महादेब मन्दिर टाखेल देखी श्याम अधिकारीको घर जाने बाटो स्तरुन्न्ती ,शितलबस्ती गेट १० नं  जाने बाटोमा साइड ड्रेन निर्माण ,तारा रिजालको घर देखी जनक रिजालको घर जोड्ने बाटो मर्मत सुधार गर्ने ,दथुलचा बाटोमा साइड ड्रेन निर्माण ,थम्बुफाट सडक साइड ड्रेन निर्माण ,बाझा चौर देखी  माधब केसीको घर सम्म साइड ड्रेन निर्माण ,गैरीवारि बाटोमा साइड ड्रेन निर्माण , वडाका अन्य मुख्य र सहायक बाटोहरु आवश्यकता अनुसार ढलान ,मर्मत, सुधार र स्तरुन्नती गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।

वडा नं ८ को खानेपानीको समस्या समाधानका लागी एकीकृत खानेपानी मुल समिती मार्फत काम गर्नुका साथै वडामा भएको पानीको श्रोत र मुहान संरक्षण गरी पानी ट्यान्कीको मर्मत तथा संरक्षण गर्ने वडा नं ८ ले जनाएको छ ।

वडा नं ८ मा रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने र रेखांकन गरी  अभिलेख राखी उचित स्थान छनौट गरि पुर्वाधार निर्माण गरिने अध्यक्ष खड्काले बताए ।यस्ता जग्गामा उचित र पायक पर्ने स्थान हेरी प्रतिभा महिला भवन, दलित महिला भवन स्तर्नोन्न्ती गर्ने र सार्वजनिक सौचालय र प्रतीक्षालय निर्माण गर्ने वडा नं ८ को योजना रहेको छ ।

वडा नं ८ का मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै वडा कार्यलय ब्यबस्थित गर्ने,कार्यलयमा कम्पाउन्ड लागाउने र सेवाग्राहिलाइ मुस्कान सहितको छिटोछरितो सेवा दिई  सुशासन कायम गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।

जेष्ठ नागरिक हरुको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने र विभिन्न समयमा जेष्ठ नागरिक सम्मानको कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।

वडा नं ८ भित्र रहेका खेती योग्य जमिनमा आधुनिक र व्यावसायिक कृषि तर्फ कृष लाई आकर्षित गर्ने र च्याउ खेती , खरायो पालन, मौरी पालन जस्ता आयमुलक काम गर्न प्रेरित गर्ने योजना वडाले बानाएको छ । वडामा जल जमिन र जङ्गल प्रचुर मात्रामा भएकाले यसको संरक्षण तर्फ ध्यान दिने अध्यक्ष खड्काले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ नेतृत्व बिकास , आयमुलक र शिपमुलक तालिम संचालम गर्ने र ।अपाङहरुलाई सीपमुलक तालिम संचालन गर्ने योजना वडा नं ८ ले बनाएको छ ।

वडा नं ८ का युवाहरुलाई रचनात्मक र सृजनात्मक कार्यमा आकर्षित गर्न उचित स्थान छनौट गरी  खेलकुद मैदान बनाउन पहल गर्ने योजना वडा नं ८ ले बनाएको छ ।

वडामा रहेको स्वस्थ्य चौकी स्तरुन्नती गरि ल्याब सहितको बर्थिंग सेन्टको व्यवस्था गर्ने र सुरक्षाको लागि सिसिटिभि जडान चाडै गरिने अध्यक्ष खड्काले बताए ।

वडा नं ८ को शैक्षिक विकासका लागी वडाका विद्यालय र सरोकारवाला पक्ष संग छलफल गरी  विशेष पहल गर्ने अध्यक्ष खड्काको योजना रहेको  छ ।

वडा नं ८ मा अध्यक्ष खड्काको साथमा सबिना राउत ,कमल के.सी  ,पुरुषोत्तम रिजाल ,कृष्णमाया पुर्कुटी जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।