बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा बालुवा चोरको भागाभाग

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा बालुवा चोरको भागाभाग

कपन अनलाइन 

काठमाडौ,साउन २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले  धोवीखोला र च्याने खोलामा अनाधिकृत रुपमा बालुवा निकाल्न बन्द गर्न लिखित सूचना जारी गरेको छ  । बिहान, बेलुका र रातीको समयमा बालुवा चोरी बढे पछी वडा नं १३ ले यो कारवाही सुरु गरेको हो ।

अनाधिकृत रुपमा बालुवा चोरी  हुदा खोलाको छेउमा बनाएको पर्खाल र संरचना जोखिममा परे पछी यस्तो कारवाही सुरु गरिएको वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । धेरै पटक मौखिक चेतावनी दिदा पनि बालुवा चोरी नरोकिएकोले लिखित सूचना जारी गरिएको उनले बताए ।

बारम्बार यस्तो चोरीनिकासी रोक्न प्रहरीको सहकार्यमा पहल गरेपनि यसलाई पूर्ण  नियन्त्रण गर्न नसकिएकोले आफै जानुपरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।यसरी निरीक्षण टोली जादा भागाभाग हुने तर अन्य समयमा चोरी नरोकिने भएकोले २४ सै घण्टा निगरानीको व्यवस्था गरेको उनले कपन अनलाइनलाई बताए। केहि समय पहिला पनि प्रहरीले २ वटा गाडी नियन्त्रणमा लिएर प्रहरी प्रभाग बुढानिलकण्ठमा बुझाएको उनले बताए ।

वर्षातको समयमा अनाधिकृत रुपमा यसरी बालुवा निकालिदा खोलामा बनेका पुल,पर्खाल लगायतका संरचनाहरु जोखिममा पर्दै आएका छन । धोवीखोला जस्तै काठमाडौका अन्य खोला र खहरेहरुमा पनि अनाधिकृत रुपमा बालुवा चोरी  हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।