प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

जेष्ठ ३ ,प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसदको ११ औँ अधिवेशन आगामी बिहीबार ४ बजेका लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री भट्टराईले आज शितल निवास पुगेर बिहीबारको लागि संसदको अधिवेशन बोलाउन सिफारिस गरेका हुन् ।

दलहरुबीच महत्वपूर्ण विषयमा सहमति भएका कारण सभामुख सुवासचन्द्र नेम्वाङ्गसँगको परामर्शमा भट्टराईले अविधेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।