बुटवलमा चिनीलाई पगालेर मह बनाएर बिक्री गर्ने तीन पक्राउ

बुटवलमा चिनीलाई पगालेर मह भन्दै बिक्री गर्ने तीनजना पक्राउ परेका छन् ।

सोमबार राती इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल ७ पुरानो बसपार्क नजिकैबाट झण्डै पाँच सय लिटर नक्कली महसहित तीन जनालाई पक्राउ गरेको हो । चिनी पगालेर सर्वसाधारणलाई मह भन्दै विक्री गरेर हिड्ने समूहका पक्राउ पर्नेमा सन्तोष, विष्णु र विक्की धामी रहेका छन् ।

प्रहरीका अनुसार यी तीनै जनाले गाउँ गाउँमा गएर माहुरीको चाका ल्याउँदै मह चिनी पगालेर हालेर मह बन्दै बिक्री गरेको खुलेको छ । प्रहरीले यस्तो व्यापारमा सम्मलग्न अन्य पाँच जना प्ररार रहेको बताएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको प्रहरीको अनुमान छ ।

तपाइँको प्रतिक्रिया ।