तालिम प्राप्त नर्स मात्र इजरायल जान पाउने

२ जेठ, काठमाडौं । रोजगारीका लागि इजरायल जाने नर्सका लागि केयरटेकर सम्बन्धी तालिम अनिबार्य भएको छ । कामदारलाई ठगीमुक्त र पारदर्शी बनाउन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

इजरायल कामदार पठाउने केयरटेकर सम्बन्धी कार्यविधि संशोधनमा सो व्यवस्था अनिवार्य रुपमा लागु गर्ने तथा अनुगमनका लागि समिमि निर्माण गर्ने प्रावधान राखिएको छ । मन्त्रालयका सहसचिब विनोद केसी संयोजकत्वको समितिले नर्सिङ उर्त्तीण गरेका महिलाले इजरायलमा रोजगारीका लागि जान केयरटेकर सम्बन्धी तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको हो ।

इजरायलमा केयरटेकरमा कामदार पठाउने कार्यविधि संशोधनको मस्यौदा तयार भईसकेको मन्त्रालयले जनाएको छ । सो मस्यौदा तयार भएपनि श्रम तथा यातायात व्यवस्थामन्त्रीले स्वीकृत गरेपछि कार्यविधि लागु हुने छ । नर्सिङ उत्तिर्ण गरी रोजगारीका लागि इजरायल जानेका लागि प्रक्रिया सहज बनाउन मन्त्रालयले यस्तो व्यवस्था गरेको छ ।

तपाइँको प्रतिक्रिया ।