०६९ सालमा कपन गाविस सचिव लोमस आचार्य र इन्पेक्टर नवराज ढुंगाना सर्वाधिक प्रभावशाली व्यक्ति रहे ।
कपनमा यो वर्ष प्रभावशाली व्यक्ति र संस्थाको नाममा परेका यी २० जनामध्ये सबैभन्दा प्रभावशाली तीनजनामा पहिलो नम्बरमा कपन गाविसका सचिव लोमस आचार्य, दोस्रोमा भर्खरै कपनबाट सरुवा भएको प्रहरी निरिक्षक नवराज ढुंगाना र तेस्रोमा कपन जोरधारा खानेपानी संस्था परेको छ ।
कपन अनलाइनदेशभित्र कपन त्यति धेरै समाचारको केन्द्र नबने पनि कपनभित्र समाचारका विविधि आयामहरु बढ्दो छ । कपन अनलाइनले ०६९ सालभरि प्रकाशन गरको आफ्नो समाचार र निष्पक्ष अभिमतका आधारमा यो वर्ष को कति प्रभावशाली रहे भन्ने कुरा अध्ययन साथै सर्वेक्षण गर्यो ।
अध्ययनका क्रममा केही राजनीतिक व्यक्ति केही सामाजिक व्यक्तिका साथ संघसंस्थाहरुको नाम पनि प्रभावशालीहरुको लिष्टमा परेका छन् । प्रभावशाली केलाई भन्ने दायरा बनाउँदा हामीले उसको कामको प्रशंसा र सकारात्मक सन्देशलाई आधार बनाउँदा लिष्टमा आएका प्रारम्भिक २० नामहरुः
१.लोमस आचार्य,
२.नवराज ढुंगाना,
३.कपन जोरधारा खानेपानी संस्था,
४.विसुकुमार के.सी.,
५. ठाकुरप्रसाद खकुरेल,
६.खिलानाथ अधिकारी,
७.शरद् कुमार भट्टराई,
८.मिठाराम अधिकारी,
९.सञ्जय अर्याल,
१०.विनोद पौडेल,
११.राजाराम बुढाथोकी,
१२.ध्रुवराज न्यौपाने,
१३.विनोद चालिसे
१४.शिव बजगाइँ,
१५.राजु बस्नेत,
१६.डम्बर अधिकारी,
१७.बिन्दु ढुंगाना,
१८.मोहन के.सी.,
१९.ज्ञानमाला महिला समूह
२०.कपन अनलाइन
कपनमा यो वर्ष प्रभावशाली व्यक्तिको नाममा परेका यी २० जनामध्ये सबैभन्दा प्रभावशाली तीनजनामा पहिलो नम्बरमा कपन गाविसका सचिव लोमस आचार्य, दोस्रोमा भर्खरै कपनबाट सरुवा भएको प्रहरी निरिक्षक नवराज ढुंगाना र तेस्रोमा कपन जोरधारा खानेपानी संस्था परेको छ ।
सर्वविदितै छ, लोमस आचार्य गाविस सचिवका रुपमा सरकारी कर्मचारीको रुपमा आए पनि उनले कपनको विकासमा देखाएको चासोले उनी सबैको प्रशंसाका पात्र भएका छन् । त्यसैगरी करिब डेढवर्ष कपन प्रहरी प्रभाग संहालेका नवराज ढुंगाना कपनमा बसिन्जेल उनले शान्ति सुरक्षामा पुर्याएको प्रगतिको पछिल्ला समय कपनवासीले मुक्तकण्ठले प्रशंसा गरे । विभिन्न प्राविधिक क्षेत्रमा नकारात्मक सन्देशहरु आए पनि कपन गाविसको सबैभन्दा ठूलो संस्था कपन जोरधारा खानेपानी संस्था कपनमा सब्रैभन्दा धेरै सामाजिक गतिविधिमा संलग्न छ ।
नेपाली राजनीतिले जनतालाई चित्त दुखाउने प्रकृया यो वर्ष झनै देखियो । यो वर्ष राजनीतिक रुपमा कपनमा केही महत्वपूर्ण इभेन्टहरु भए । पार्टीहरुमा गुटगत राजनीतिको रागले कपनलाई पनि सिथिल बनाएका घटनाहरु सार्वजनिक भए । यही वर्ष कपनमा भएको एउटा विशेष कार्यक्रममा नेपाली कांग्रेशका सभापति शुशिल कोइरालालाई सांघातिक हमला भयो । यो विषयले कपनलाई देश विदेशसम्म चर्चा परिचर्चाको विषय बनाए पनि यसले सकारात्मक सन्देश दिन सकेन । एमालेले यो वर्ष दुईवटा वृहत खालको जनमानस जुटाउने कार्यक्रम आयोजना गर्यो । यही वर्ष एकिकृत माओवादीको लामो समयपछि अधिवेशन भयो । तर अधिवेशनपछि एउटा मिटिङसम्म बस्न सकेको छैन । बरु एमाओवादीबाट फुटेर बनेको माओवादी पनि कपनमा अरु पार्टीको जत्तिकै हैसियत बनाएर बस्न सफल भयो । राप्रपा नेपालले यो वर्ष दुइपटक कार्यक्रम गरेर विभिन्न राजनीतिक दलहरुबाट कार्यकर्ता आफ्नोतिर बटुल्न सफल भयो ।
खेलकुदमा यो वर्ष ह्याण्डबल र फुटबलका केही दर्शनी इभेन्टहरु भए । कपन जोरधारा खानेपानी संस्था यो वर्ष सर्वाधि चर्चाको परिधिमा रह्यो । कपनमा यो वर्ष कपन महोत्सव नामको कार्यक्रम पनि भयो जुन कपनको पहिचान छाड्न सर्बथा असफल रह्यो ।
व्यक्तिगतरुपमा त्यस्तो कुनै व्यक्तिको प्रभावमा कपनमा यो वर्ष देखिएन । सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका खिलनाथ अधिकारी, सामाजको आवाजका राजु बस्नेत, अपांग बालबालिक टेवा संस्था डेण्डि शेर्पाजस्ता केही व्यक्ति चर्चाका सानातिना प्रभावमा रहे पनि राजनीतिक व्यक्तिहरु त्यति प्रभावशाली देखिएनन् । महिनाको अन्तिममा एमाले छाडेर एमाओवादीतिर लागेका ठाकुरप्रसाद खकुरेल भने चर्चाको परिधिमा रहे ।
चर्चाको परिधिमा रहेर प्रभाव छाड्ने सुचिमा सर्वेक्षण गर्दा कपन अनलाइन स्वयम् पनि परेको छ । यसरी प्रभाव छाड्ने संस्थाहरुमा समाजको आवाज, ज्ञानमाला महिला समूह, बालकुमारी स्कूल पनि रहेको छ
-केशव पाठक