बाल विकास बोर्डिङ हाई स्कुलमा नेपाली विभागद्वारा वक्तृत्वकला र वादविवाद   प्रतियोगिता  सम्पन्न

बाल विकास बोर्डिङ हाई स्कुलमा नेपाली विभागद्वारा वक्तृत्वकला र वादविवाद   प्रतियोगिता  सम्पन्न

बाल विकास बोर्डिङ हाइ स्कुलको नेपाली  विभागद्वारा  नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरिएको छ ।

सो प्रतियोगिता कक्षा २-३ ,कक्षा ४-५ ,कक्षा ६-७ र कक्षा ८-९ गरी चारओटा चरणमा आयोजना भएको थियो । जसमा कक्षा २ देखि ३ र ४ देखि ५ सम्म वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

‘मेरो मन पर्ने विषय ’शीर्षक रहेकोे  २ देखि ३ सम्मको समूहमा   क्रमशः प्रशंसा गिरी ,  सोफिया थिङ र युनिशा तामाङ प्रथम,द्वितीय र तृतीय भएका थिए  । त्यसैगरी ‘मोबाइल फोन’ शीर्षकको  कक्षा ४ देखि ५ सम्मको वक्तृत्वकला प्रतियोगितामा दिक्षेन तितुङ प्रथम , कृतिका चन्द द्वितीय र बिपिशा पन्थी तथा मन्जिल कार्की तृतीय स्थान ओगट्न सफल भएका थिए ।

कक्षा ६ देखि ९ सम्म वादविवाद प्रतियोगिता आयोजना गरिएको सो कार्यक्रममा  कक्षा ६  देखि ७ सम्मको  समूहमा ‘विज्ञान अभिशाप नभई वरदान हो ’भन्ने शीर्षक दिइएको थियो जसमा  सुवर्ण परियार प्रथम  भएका थिए भने दोस्रो स्थान शुभन भण्डारी र तेस्रो स्थान एलिना बमजनले हासिल गरेका थिए ।

‘ सामाजिक सञ्जाल चुनौती नभई अवसर हो’ भन्ने शीर्षक दिइएको कक्षा ९ र १० को समूहमा प्रथम ,द्वितीय र तृतीय स्थान  क्रमशः रिन्चेन तितुङ ,सलोन कठायत र कपिल बिष्टले हासिल गरेका थिए ।

कार्यक्रममा नेपाली  विभाग प्रमुख गंगा खड्का र शुष्मा अधिकारीले विजयी विद्यार्थीलाई हौसला प्रदान गर्दै बधाई तथा  शुभकामना मन्तव्य दिनुभएको थियो भने विद्यालय संयोजक लक्ष्मण तितुङले विजयी विद्यार्थीलाई आकर्षक पुरस्कार वितरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।