चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा सरसफाइ कर्मचारी आवश्यक
कपन अनलाइन
काठमाडौं , साउन २७ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ ले सार्वजनिक स्थानको सरसफाइका लागि कर्मचारी माग गरेको छ। नगरपालिकाले मुख्य सडक, हल, धार्मिक स्थल, पार्क, पोखरीलगायतका अन्य सार्वजनिक स्थलहरू सफा राख्ने उद्देश्यले तीन जना सरसफाइ कर्मचारीको आवश्यकता रहेको जनाएको हो।
इच्छुक व्यक्तिले आवश्यक कागजातसहित २०८२ साल साउन २९ गतेभित्र वडा कार्यालयमा निवेदन पेश गर्न सक्ने सूचना प्रकाशित गरिएको छ।
वडा अध्यक्ष महेन्द्र गोसाईंको हस्ताक्षरयुक्त सूचनामा समयमै निवेदन दिनेहरूलाई प्राथमिकताका आधारमा छनोट गरिने उल्लेख गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
