ठाकुरप्रसाद खकुरेल र ध्रुव नेपाल विधिवत एमाओवादीमा प्रवेश गरे

DSC_0023कपन अनलाइनएमालेमा रहेर पनि लामो समयदेखि असन्तुष्ट रहेका कपन एमालेका हस्ति भनेर चिनिने ठाकुरप्रसाद खकुरेल विधिवत एमाओवादीमा प्रवेश गरेका छन् । आज पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डका हातबाट टीका लगाउँदै उनी एमाओवादी बने । ।
चैत्र २४ गते राति नेकपा एमाले कपन गाउँ कमिटिको सातौ अधिवेशनको बन्द सत्रमा अब एमालेबाट विश्राम लिएँ भन्ने सम्बोधनका साथ हिँडेका ठाकुरप्रसाद खकुरेल एमाओवादीमा ३ महिना अघि नै प्रवेश गर्ने पक्का भैसकेको थियो । विविध प्राविधिक कारणले प्रवेश कार्यक्रम ढिलो भएको कुरा उनलाई एमाओवादीमा प्रवेश गराउन प्रमुख भूमिका खेल्ने एमाओवादी नेता सञ्जय अर्यालले कपन अनलाइनलाई बताए ।
नेकपा एमालेको राष्ट्रिय राजनीतिमा देखिएको न्यून प्रभाव साथमा स्थानीय नेताहरुसँग लामो अन्र्तर्विरोधले केही समयदेखि ठाकुरप्रसाद खकुरेल एमाले भएर पनि सक्रिय थिएनन् । उनीसँग एमाओवादीमा प्रवेश गर्नेहरुमा उनकै सुपुत्र विष्णु खकुरेल पनि थिए । त्यसैगरी नेकपा एमालेका पूर्व गाउँ कमिटि सचिव तथा कपन एमालेका अर्का प्रभावशाली व्यक्ति ध्रुव नेपाल पनि आजै एमाओवादी प्रवेश गरेका छन् । उनीहरु काठमाडौं क्षेत्र नं. ४ का प्रभावशाली एमाले नेता गोविन्द अधिकारी नेतृत्वमा समूहगत प्रवेश गरेका हुन् । यसरी एमाओवादीमा प्रवेश गर्ने अन्य नेताहरुमा कामनपा वडा नं. ७ का परिचित नेता गोपाल पण्डित तथा वडा नं. ८ शशिकुमार पाण्डेलगायतका छन् । आज नेता र कार्यकर्तासहित २२ जनाले एमाले छाडेर एमाओवादी बने । कार्यक्रममा संक्षिप्त बोल्दै ठाकुरप्रसाद खकुरेलले एमालेलाई गाली गरे भने एमाओवादीलाई दुखमा साथ दिएको भन्दै सरहना गरे ।

DSC_0024
ठाकुरप्रसाद खकुरेल पार्टी प्रबेश सँगै नेताहरुसँग हात मिलाउँदै -फोटो बसन्त गौतम

ठाकुरप्रसाद खकुरेलले एमाले छाडे भन्ने खबर कपन अनलाइनमा प्रकाशित भएपछि यो विषय अत्यन्तै चर्चाको शिखरमा थियो । नेकपा एमाले कपनले एक प्रेश विज्ञप्ति प्रकाशित गरेर यो दुष्प्रचार भनेको थियो । तर कपन अनलाइनसँग बेलबेलामा कुरा हुँदा ठाकुरप्रसाद खकुरेलले एमालेमा बस्ने सम्भावना नभएको भन्दै आएका थिए । यद्यपि कुन पार्टीमा प्रवेश भन्ने कुरा उनले खुलाउन चाहेका थिएनन् । धेरै कपनमा रहेका उनलाई चिन्नेहरु सुरेन्द्र ढकालको ग्रेटर नेपाल भन्ने पार्टीमा प्रवेशको सम्भावना रहेको बाताउँदै आएका थिए । यो प्रसंगमा एमाओवादी नेता सञ्जय अर्यालले भने ठाकुर प्र. खकुरेल एमाले छाडेकोभोलिपल्ट नै कपनअनलाइनलाई उनी एमाओवादीमा आउने पक्का रहेको बताएका थिए ।

आफ्नो एमाओवादी प्रवेशका बारेमा प्रतिक्रिया माग्दा ठाकुरप्रसाद खकुरेलले बोल्न चाहेनन् । अन्र्तवार्ताका लागि समय पनि दिन चाहेनन् भने । त्यसैगरी अर्का प्रभावशाली व्यक्ति ध्रुव राज नेपालले भने आफू आस्थाको राजनीति गर्ने मानिस भएकोले आस्थाको राजनीति जता छ त्यतै लागेको प्रतिक्रिया दिए ।

भर्खरै एमालेबाट एमाओवादी भएका रामचन्द्र झासँग ठकुरप्रसाद खकुरेल लगायत । फोटो- बसन्त गौतम
भर्खरै एमालेबाट एमाओवादी भएका रामचन्द्र झासँग ठकुरप्रसाद खकुरेल लगायत । फोटो- बसन्त गौतम

 

कपन एमालेबाट दुई जना नेता एमाओवादी प्रवेशपछि एमालेको प्रारम्भिक प्रतिक्रिया दिँदै एमाले कपन सचिव हरेराम ढुंगानाले आजसम्म एमालेले उहाँ(ठाकुरप्रसाद खकुरेल) का लागि आँशु बहायो अब त्यो आँशु प्रतिशोधमा बदलिने जनाए । उनले प्रतिक्रिया जनाउँदै अगाडि भने, एमालेलाई सिध्याउनका निम्ति निहित स्वार्थ बोकेर जानेलाई समयले उचित जवाफ दिनेछ ।

(ठाकुरप्रसाद खकुरेलले एमाले छाडेर एमाओवादी प्रवेशसँगै कपनको राजनीतिमा पर्ने विविध प्रभाव र असरका बारेमा कपन अनलाइनले भोलि समाचार प्रकाशन गर्नेछ साथै )

– केशव पाठक, बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।