सिल्भर स्राइन एकेडेमी बुनपा ११ को बिद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

सिल्भर स्राइन एकेडेमी बुनपा ११ को बिद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ असार १७ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सिल्भर स्राइन एकेडेमीले एस  इ इ(SEE) परीक्षामा सफल बिद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम गरेको छ । बिद्यालय मा आयोजना गरिएको कार्यक्रममा बिद्यार्थी हरुलाई मायाको चिनो र पुरुस्कार प्रदान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रममा बुनपा का जनप्रतिनिधिहरु , स्थानीय समाजसेवी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।  यस बर्ष विद्यालयले राम्रो नतिजा ल्याएको र उच्च् शिक्षा हासिल गर्न लागेका बिद्यार्थी हरुलाई सहि बिषय छनौट गर्न ध्यान पुर्याउनु पर्ने बिद्यालयका प्रधान अध्यापक महेश थापाले बताएका थिए ।

कार्यक्रमको अध्यक्षता बिद्यालय संचालक समितिका अध्यक्ष खेम प्रसाद मिश्रले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।