सुत्केरी बेथाले थलिएकी लामाको उद्धार हुनसकेन

कपन अनलाइन 

गोरखा, १७ असार । शुक्रबारदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार हुनसकेको छैन । घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पु¥याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार नभएको हो ।

चुम्चेत घर भई काठमाडौँ रहेका धावा ग्याल्जेन लामाले भन्नुभयो, “गर्भवती महिलाको अवस्था चिन्ताजनक छ । म हेलिकप्टरको खोजीमा लागिपरेको छु ।” ‘सुत्केरी बेथा लागेपनि छोर्तेङले बच्चा जन्माउन सकेकी छैनन् । लामाले भन्नुभयो’ “बच्चा आधा मात्रै जन्मिएको छ भन्ने खबर छ । बच्चा बचाउन नसकिए पनि आमा बचाउन पाएहुन्थ्यो ।”

सुत्केरी बेथाले थलिएकी लामाको परिवारसँग जम्मा रु ३० हजार रुपैयाँ मात्रै छ । तर, हेलिकप्टर चार्टर गर्न कम्तीमा दुई लाख लाग्छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले सुत्केरी बेथाले थलिएकी लामाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भन्दै हेलिकप्टर खर्च कार्यालयबाट व्यवस्था गरिने जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।