कपनमा २६ गतेको जनसभाका लागि व्यापक तयारी

250071congress_Umlकपन अनलाइननेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नौ दलले यही माघ २६ गते गर्न लागेको विरोधसभाको सन्दर्भमा कपनमा व्यापक तयारी भैरहेको छ । २६ गतेको  विरोध सभाका लागि यहाँका विपक्षी दलहरू भिन्दाभिन्दै  र्याली लिएर खुल्ला मन्च  जाने भएका छन् । यसका लागि कपन नेकपा एमालेले आफ्ना सबै सक्रिय कार्यकर्ता र जन वर्गीय संगठनको भेला सम्पन्न गरेको छ । नेकपा एमालेले ३००० कार्यकर्ता र शुभेच्छुकलाई सडकमा उतार्ने जनाएको छ । त्यसैगरी नेपाली कांग्रेस कपनले पनि सबै वडाहरूमा रहेका आफ्ना कार्यकर्ताहरुलाई २६ गतेको कार्यक्रममा भाग लिन घरदैलो गरिरहेको छ । 

सर्वसत्तावाद र राष्ट्रिय आत्मसमपर्णवादलाई परास्त गरौं सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं भन्ने नाराका साथ २६ गते आयोजना हुनलागेको बिरोधसभाबाट आगामी आन्दोलनको खाका पनि विपक्षीहरूले सार्वजनिक गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।