विवादको घेरामा बलिउड नायिका तथा पर्नस्टार सन्नी लियोनी 'रेप इज नट अ क्राइम, इट इज जस्ट अ सरप्राइज सेक्स'

बलिउडमा नायिका बनिसकेकी पर्नस्टार सन्नी लियोनी यतिखेर ठूलो विवादबाट घेरिएकी छिन् । उनले बलात्कारको बारेमा गरेको टिप्पणीलाई लिएर अहिले पुरै बलिउड तातेको हो। सन्नीले ट्विटरबाट ‘रेप इज नट अ क्राइम, इट इज जस्ट अ सरप्राइज सेक्स’ अर्थात ‘बलात्कार अपराध होइन्,मात्रै यो त आश्चर्य जनक यौन क्रियाकलाप हो’ भन्दै ट्विट गरकी थिइन्। तर जबले उनले आफूले ठुलो मिस्टेक गरेको थाहा पाइन्। लगतै उक्त ट्विट डिलिट गरिन् तर डिलिट हुनु अगावै उक्त ट्विट धेरैले रिट्विट गरिसकेका थिए।

480111_476009125799459_1449027677_n रिट्विट गर्नेमा निर्माता तथा नायक कमाल आर खान पनि सामेल थिए, उनले सन्नी लियोनीले ‘रेप इज नट अ क्राइम, इट इज जस्ट अ सरप्राइज सेक्स’ भनेको भन्दै माइक्रोब्लगिङ साइट ट्विटरमा लेखेका थिए।यो ट्विट पछि सन्नीका बारेमा सोसियल मिडिया देखि मुलधारका भारतिय सञ्चारमाध्यममा समेत भद्धा खालका टिप्पणी गरिएका छन्। तर सन्नीले भने आफुले यस्तो टिप्पणी गरेको भन्दै कमाल आर खान विरुद्ध प्रहरीको साइबर क्राइम सेलमा उजुरी दर्ता गरकी छिन्।

तपाइँको प्रतिक्रिया ।