क्रियापुत्री आवासीय भवन निर्माण

कपन अनलाइन 

रामपुर (पाल्पा), २४ जेठ । पाल्पाको रामपुरमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको छ । क्रियापुत्री आवासीय भवन निर्माणका लागि रामपुर नगरपालिकाबाट रु ५० हजार अनुदान र स्थानीय बासिन्दाको रु ९७ हजार गरी कुल रु एक लाख ४७ हजारको लागतमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको गुरुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

रामपुर नगरपालिका–५ को पुरानो बेझाडबजारस्थित पुजेरी पँधेरामा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको हो । यहाँ क्रियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको समितिका अध्यक्ष नगिलाल पौडेलले बताउनुभयो ।

यस क्षेत्रमा क्रियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडामा बस्नेलाई काजक्रिया गर्न समस्या परेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।