वुनपा १० काे वडाध्यक्षमा कपन अनलाइनकर्मीकाे शानदार विजय

कपन अनलाइन, काठमाडाैँ । कपन अनलाइनका सञ्चालक समिति सदस्य तथा पत्रकार एवम् विज्ञापन व्यवसायी नवराज भट्टराइ बुढानिलकण्ठ नगरपालिकाकाे सबैभन्दा ठूलाे वडा नं. १० काे वडाध्यक्ष पदमा विशाल मतान्तर विजय भएका छन् । वुनपाकाे भविष्यकाे रूपमा साेचिएका बाैद्धिक युवा भट्टराइ निर्वाचनमा भाग लिने चर्चासँगै विजय हुने अनुमान गरिएकाे थियाे । अनुमान गरिएजस्तै भट्टराइले विपक्षाभन्दा १३१७ मत बढि ल्याएर विजय प्राप्त गरेका हुन् । नवराज भट्टराइले २४५० मत ल्याएर शानदार विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्विले  १०३३ मतमात्र ल्याएका थिए । एउटा वडामा यति धेरै मतान्तर विजय हुने कमै सम्भावनाबीच भट्टराइले अाफ्ना सहकर्मी सदस्यहरूसहित प्यानल नै विजय प्राप्त गरेका हुन् ।

कपन अनलाइनका संस्थापकसमेत रहेका नवराज भट्टराइकाे याे विजयमा बुढानिलकण्ठ नगरपालिकाले भविष्य भएकाे युवा नेता पाएकाे भनेर चाैतर्फि प्रशंसा तथा चर्चा चलेकाे छ । प्रतिभाशाली नेताकाे रूपमा नवराज भट्टराइकाे राजनीति तथा विकासका क्षेत्रमा अागमनप्रति कपन अनलाइन परिवार अत्यन्त खुशी तथा गर्वित छ । वडा नं. १० काे वडाध्यक्ष पदमा कपन अनलाइनकर्मी नवराज भट्टराइकाे कार्यकाल उत्कृष्ट तथा विकसित रहाेस् एवम् राजनीतिक जीवन झनै शिखरतिर लम्कियाेस् भन्ने कामनासहित हार्दिक शुभकामना तथा बधाइ ।

तपाइँको प्रतिक्रिया ।