वुनपा ९ मा पनि एमालेकाे प्यानल नै अाउने तयारी

कपन अनलाइन, काठमाडाैँ । हाल मत गणना भैरहेकाे वुनपा वडा नम्बर ९ मा पनि एमाले विजयकाे संघारमा पुगेकाे छ । यस वडाकाे २७२ मत गन्न बाँकी रहँदा एमाले ३११ मतले अगाडि छ । यस वडामा हालसम्म एमालेका वडाध्यक्ष उम्मेदवारले ८४५ मत पाएका छन् भने काँग्रेस उम्मेदवारले ५३४ मत पाएका छन् । माअाेवादी उम्मेदवारले पनि यस वडामा अन्य वडाकाे भन्दा धेरै मत पाएका छन्। माअाेवादी उम्मेदवारले हालसम्म ४९५ मत लयाएका छन् । वडा नं. ९ मा एमालेकाे पुरै प्यानल जीततर्फ उन्मुख रहेकाे छ ।

वडा नं ९ मा पनि एमाले मेयर उम्मेदवार काँग्र्स मेयर उम्मेदवारमाथि भारी परेका छन् । यस वडमा हालसम्म एमालेले मेयरमा ८६९ मत ल्याएकाे छ भने काँग्रेसले ६०५ मत ल्याएकाे छ ।

तपाइँको प्रतिक्रिया ।