वुनपा १२ मा चुनाव जित्ने प्रचार अभियान गर्दै माधव भट्टराई
कपन अनलाइन, काठमाडौँ । वुनपामै पूराना माओवादी कार्यकर्ता माधव भट्टराई यतिखेर माओवादी केन्द्रबाट वुनपा १२ मा वडाध्यक्ष पदका दावेदार भएका छन् । पार्टीमा लागेर दुख गरेका, पदीय लोभमा नलागेका भनेर चिनिने स्थानीय नेता भट्टराई यतिखेर आफ्नो वडाको घरघरमा पुग्ने क्रममा छन् । सरल मिजाश तथा पारदर्शी चरित्रले पनि माधव भट्टराई यस वडाामा चिनिने गरिन्छ । माओवादी केन्द्रको साथै व्यक्तिगत पहिचानको हिसाबले पनि माधव भट्टराईलाई वडावासी सजिलै चिन्दछन् ।
वडाध्यक्ष उम्मेदवार बनेपछि तेन्जिङचोकबाट चुनावी अभियानमा सक्रिय भएका माधव भट्टराई यतिखेर प्रतिबद्धता पत्र र अपिल छाप्न व्यस्त छन् । प्रतिबद्धता पत्र र अपिल आएपछि आफू र आफ्नो टिम हरेक घरघरमा पुग्ने कार्यक्रम तय गरेको उनले कपन अनलाइनलाई बताए । भट्टराई भन्छन्, चुनावी अभियानका लागि कार्यकर्ताहरुसँग छलफल गर्दैछु । टोलटोलमा भिन्न भिन्न हिसाबले प्रचारप्रसार गर्ने योजना बुनिरहेको छु ।
वुनपा १२ मा माधव भट्टराईलाई चुनावी अभियानमा बलियो पनि मानिन्छ । यस वडामा नेकपा एमालेले शम्भु भट्टराइकोरुपमा तुलनात्मकरुपमा कमजोर उम्मेदवार दिएको माओवादी केन्द्रको ठम्याइ रहेको छ । एमालेको कमजोर उम्मेदवार भएकाले पनि माधव भट्टराई यस वडामा जीतको आधार तय हुने बताउँछन् । यस वडामा माओवादी केन्द्रले नेपाली कांग्रेससँग प्रतिष्पर्धा हुने अनुमान गरेको भट्टराईले बताए । यस वडामा नेपाली कांग्रेसले आधिकारिकरपमा अझै उम्मेदवार तय नगरे पनि नेका इकाई सभापति होमनाथ तिमिल्सिना उम्मेदवार हुने निश्चित प्रायः बताइन्छ ।