प्रदेश पुग्यो छनौट प्रकृया, वुुनपा एमालेभित्रको समस्या सामाजिक सन्जालमा छरप्रस्ट

कपन अनलाइन, काठमाडौँ । वुनपाको मेयर पदका लागि भएको प्रयास अब प्रदेशले छनौट गर्ने भएको छ । एमाले काठमाडौं जिल्ला कमिटिले छान्न असफल भएपछि प्रदेशले उम्मेदवार छान्ने भएको हो । चरम विवादमा रहेको एमाले काठमाडौं जिल्ला कमिटिको आधिकारिताको नै समस्याको भएकाले उम्मेदवार छनौटलाई माथिल्लो कमिटिमा पठाइएको छ । अब अष्टलक्ष्मी शाक्य प्रमुख भएको एमाले प्रदेश नं. ३ कमिटिले उम्मेदवार चयन गर्नेछ ।

 
वुनपा मेयरका लागि क्षेत्रीय अध्यक्ष कुसुम कार्की, बुढानिलकण्ठ विकास समितिका अध्यक्ष जयराम थापा, प्रदेश कमिटि सदस्य उद्धव खरेलसहित ५ जना प्रतिष्पर्धामा रहेका छन् । यीमध्ये कसले टिकट ल्याउने बारेमा तालमेल मिलाउन काठमाडौँ जिल्ला संगठन समिति असफल भएपछि प्रदेश कमिटिले उम्मेदवारको टिकट फाइनल गर्ने भएको हो । ५ जना प्रत्यासीमध्ये कुसुम कार्की र जयराम थापालाई बढि सम्भावना भएको मानिएको छ । वुनपामा जीतको आधार तय गर्न सक्ने भएकाले कार्की र थापा मध्य एक विकल्प भएको भनेर चौतर्फि दवाव पनि सिर्जना भएको छ । साथै कमजोर मानसिकता, स्टेजमा बसेर २ मिनेट बोल्न नसक्ने, अलोकप्रिय तथा एसएलसिसमेत पास नगरेका मानिसलाई मेयर बनाउनु हुन्न भन्ने कोणबाट पनि दवाव सिर्जना भएको जनाइएको छ ।

 
यसैबीच वुनपा एमालेभित्रको आन्तरिक समस्या नियमितरुपमा सामाजिक संजानलमा छरप्रस्टिरहेको छ । सामाजिक सन्जालमा एकले अर्कालाई नराम्रो र आफू राम्रो भनेर लेख्ने प्रकृयाले डरलाग्दो आन्तरिक समस्यामा वुनपा एमाले रहेको आभाष नगरवासीमा पर्न गएको छ । यस्तो कृयाकलापमा ओली समूहको हुँ भनेर छाति पिटेर बोल्ने वुनपा सहजीकरण समितिमा रहेका विदुरविक्रम खड्काले सर्वाधिक अगाडि छन् । खड्का आफ्नो सामाजिक संजालबाट आफु सबैभन्दा राम्रो र अरु सबै नेताहरु खत्तम् भनेर लेखिरहँदा चुनावको मुखमा पार्टीको अस्तित्वलाई धक्का लाग्ने बताउन थालिएको छ ।

 

वुनपाको मेयरका अरु प्रत्यासीहरुको समाचार प्रकाशन हुँदा वा तिनीहरुलाई बौद्धिक वा विकास प्रेमी भन्यो भने विदुर सामाजिक संजालमा उफ्रन थालिहाल्छन् । पछिल्ला एक महिनामा उनले आफ्नो फेशबुकबाट हैन कुनै अनलाइनले पेजमा राखेको समाचारमा पनि खड्काले सम्बन्धित पात्रको चरित्र हत्या हुने गरी लेख्ने गरेको देखिन्छ । विशेष गरेर खड्काले क्षेत्रीय अध्यक्ष कुसुम कार्की तथा युवा नेता जयराम थापाप्रति लक्षित हुने गरेका छन् भने उद्धब खरेललाई प्रतिशोध साँधेको देखिन्छ । (हेर्नुस्, उनले लेखेको फेशबुक स्टाटसको स्क्रिन सट फोटो)

 

पार्टीका महत्वपूर्ण व्यक्तिले सामाजिक संजाल वा सार्वजनिकरुपमा अभिव्यक्ति दिन नेकपा एमालेले कडा निर्देशन दिएको छ । चुनावको मुखमा यसरी   विचार पुर्याउनु पर्नेअबस्थामा   पार्टीको भावना विरुद्ध विदुर खड्काले फेशबुकबाट आफ्नै पार्टीका मेयरका आकांक्षी रहेका नेताहरुप्रति नियमितरुपमा अतिशयोक्तिपूर्ण टिप्पणीले उनलाई कारबाही गर्नु पर्ने माग निरन्तर आएको एमाले श्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।