वडा नं १० मा भट्टराइलाई जिताउन ५०१ निर्वाचन परिचालन समिति
कपन अनलाइन, काठमाडौँ । नेकपा एमाले बु.न.पा.१० वडा कमिटीले बैसाख ९गते कार्यकर्ता भेला गरेर स्थानीय निकाय केन्द्रित निर्वाचन परिचालन समिति बनाएको छ । वडा कमिटीका अध्यक्ष तथा सर्वसम्मत वडाध्यक्ष उम्मेदवार सिफारिस भएका नवराज भट्टराईलाई वडामा सहजै विजय हासिल गराउने उद्धेष्यले आयोजित कार्यक्रममा वडाका सबै तहतपक्काका कार्यकर्ता उपस्थित थिए ।
आगामी बैसाख ३१ गते हुन गैरहेको स्थानीय तहको निर्बाचन परिचालनको लागि यस वडामा रहेका मथिल्ला कमिटिदेखि नगर कमिटि क्षेत्रीय कमिटी ,वडा कमिटी , टोल कमिटीहरु, अ.ने.म.संघ ,युवा संघ लगायतका सम्पुर्ण पार्टी सदस्यहरु समेतको ५०१ जानाको निर्बाचन परिचालन कमिटी गठनको घोषणा भएको नवराज भट्टराइले जानकारी दिए । । ५०१ सदस्यीय परिचालन कमिटीको संयोजकमा लक्ष्मीप्रसाद सङ्रौला लाई जिम्मेवारी दिएकोछ ।
परिचालन समिति निर्माण भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.राजन भट्टराईले सहमतिबाट उम्मेदवार दिनु नै जीतको आधार भएको बताए । त्यसैगरि नगर सङयोजक दीपक निरौलाले पूरै बु.न.पा .मा एमालेको बहुमत हुने विचार प्रकसट गरेका थिए । निर्बाचन परिचालन कमिटीका संयोज संग्रौलाले प्रचारप्रसारका केही योजनाहरु प्रस्तुत गर्दै प्रचार अभियान शुरु भएको जानकारी दिएको नवराज भट्टराइले कपन अनलाइनलाई बताए ।