चुनाव आयो, कांग्रेस मिल्यो ! चुनावी वातावरणतिर क्षेत्र नं ४ नेपाली कांग्रेस

(फोटो फिचर: रमेश भुषाल)

कपन अनलाइन, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ४ नेपाली कांग्रेसमा लामो समयदेखि देखिएको पार्टीगत आन्तरिक गतिरोध अन्त्य भएको छ । स्वास्थ्य मन्त्री गगन थापा र राजु श्रेष्ठबीच देखिएको गुटगत समस्या स्थानीय निकाय चुनावसँगै मिलेको छ ।

 

वुनपा १० मा नेपाल महिला संघले आयोजना गरेको एक कार्यक्रममा सँगै देखिएको मन्त्री थापा र सभापति श्रेष्ठले एकअर्काको प्रशंसा गरे । स्थानीय निकाय निर्वाचनमा उम्मेदवारीका बारेमा दुवैजनाले केही दिनदेखि लगातार छलफल गरिरहेको दुवैले जानकारी दिए ।

 

केही समयअघिसम्म माननीय मन्त्रीको नामसम्म लिन नचाहने क्षेत्रीय सभापति राजु श्रेष्ठले थापाको नेतृत्वमा स्थानीय निकायको उम्मेदवार चयन भैरहेको बताए । त्यसैगरी स्वास्थ्य मन्त्री गगन थापाले महाधिवेशनको तुष अर्काे महाधिवेशनमा राख्न अनुरोध गर्दै अब सबैको ध्यान चुनाव जित्नतिर हुनु पर्ने बताए । थापा तथा श्रेष्ठले २ दिनभित्र क्षेत्र नं ४ मा उम्मेदवार हुने बताए ।

 
थापा र श्रेष्ठको यो अभूतपूर्व मिलन सबैलाई अप्रत्याशित लागे पनि चुनावमा कांग्रेस मिलेर जानेमा खुशी अनुभूतीगरे । यो मिलनले वुनपाको मेयर पदमा नेपाली कांग्रेसबाट राजु श्रेष्ठ नै मेयर हुने कुरामा पनि अप्रत्यक्ष पुष्टि गरेको थियो । यसैगरी राजु श्रेष्ठ मेयरमा उठ्ने सम्भावना सँगै अन्य आकांक्षीहरु भने एकखाले बेखुशी व्यक्त गर्दै थिए । राजु श्रेष्ठले कपट गरेको आरोप लगाए एक मेयर पदका आकांक्षीले ।

तपाइँको प्रतिक्रिया ।