एमाले बुनपा १० कोे निर्वाचन परिचालन कमिटिको घोषणा भोली

कपन अनलाइन 

नेकपा (एमाले) बुनपा वडा नं. १० ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन कमिटीको घोषणा गर्ने भएको छ । भोली हुने घोषणा सभामा नेकपा एमालेका यस क्षेत्रका सांसद डा. राजन भट्टराई प्रमुख अतिथीको रुपमा आउने कार्यक्रम रहेको छ । यस कार्यक्रम बुनपा १० को मिलनचोक स्थीत मिलनचोक पार्टि भेन्यूमा हुने जनाइएको छ ।

उक्त घोषणा सभामा सहभागीताका लागी सम्पुर्ण टोल कमिटी तथा जनवर्गीय संगठनहरु परिचालित गरिएको कमिटीका अध्यक्ष तथा वडाअध्यक्षका सर्वसम्मत उम्मेद्वार नवराज भट्टराईले कपन अनलाईनसंग बताए । स्मरण रहोस् बुनपा को १० नं. वडा मतदाताका हिसावले सबैभन्दा ठुलो वडा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।