वडा नं. १२ मा होमनाथ तिमिल्सिना प्रभाव बढ्दो, चुनावी अभियान तीव्र

कपन अनलाइन, काठमाडौँ । एकसाता अघि कपन अनलाइनले गरेको एक सर्वेक्षणमा वुनपा १२ मा नेपाली कांग्रेसको बिजयी माहौल रहेको देखिएको थियो । होमनाथ तिमिल्सिनाको नेतृत्वमा रहेको यस वडामा तिमिल्सिना नै वडाध्यक्ष पदका उम्मेदवारका प्रवल दावेदार हुन् । वुनपामा नेकाले अन्य वडाहरुमा उम्मेदवार छनौटका लागि ढिला गर्न पुग्दा वडा न १२ मा होमनाथ तिमिल्सनाको उम्मेदवारी निश्चित भएको आधिकारिक खबर आउन ढिलो भए पनि उनको उम्मेदवारी निश्चित प्रायः छ । वुनपामा वडा नं. ४, ९ र १२ नै यस्तो वडा हुन् जहाँ उम्मेदवारी कसले पाउन प्रायः निश्चित छ । यही ३ वटा वडामा नेकाले सम्भवतः सजिलै बिजय पनि पाउने छ ।

 
वडा नं. १२ मा अत्यन्त लोकप्रिय रहेका होमनाथ तिमिल्सिना वडाध्यक्ष उठ्ने हल्लासँगै वडावासीहरुमा उत्साह देखिएको थियो ।  त्यो उत्साहलाई होमनाथले वडाध्यक्षमा दावीसँगै झन् प्रभावशाली बनेको छ । होमनाथसँगै नेपाली कांग्रेसबाट केही अरु नामहरुले पनि वडाध्यक्षमा आफ्नो नाम माथिल्लो कमिटिमा पठाए पनि यो अर्थपूर्ण नरहेको स्वयम् नाम पठाउनेलाई नै थाहा छ । होमनाथ मात्रै यस वडामा नेकालाई सहज विजय दिलाउन सक्ने मानिस हुन् भन्ने वडाध्यक्षका अरु आकांक्षीहरुलाई पनि परेको छ । अरू दलका कतिपय चिनिएका मान्छेहरू  पनि खुलेर होमनाथलाई जिताउनु पर्छ भनेर हिँडेको देख्न सकिन्छ ।

 

तथापि वडामा तिमिल्सिनालाई सर्वसम्मत हुन नदिनुले कहिँकतै असमझदारी बाँकी छ भन्ने देखिएको छ । होमनाथ भन्छन्, “प्रजातान्त्रिक पार्टीमा कहिँकतै असमझदारी हुनु आफैमा अन्यथा लिनु हुँदैन । म यस वडामा पार्टीको सभापति पनि भएकोले सबै असमझदारीलाई हल गरेर अगाडि बढ्छु ।”

 

होमनाथ भन्छन्, “पार्टीका सबै तहतप्काका साथीहरु मेरा आदरणीय हुनुहुन्छ, उहाँहरुलाई उचित सम्बोधन गरेर अगाडि बढ्नेछु ।” वडामा नेका बलियो बन्नमा सबैको समान भूमिका रहेको भन्दै होमनाथले पार्टीले टिकट भएकाले आफूले पाए अरु सबैको साथ तथा अरुले पाए आफू किञ्चित विस्मित नभै प्रचारमा हिँड्न तयार रहेको बताए ।
यस वडामा विपक्षी एमाले दिएको उम्मेदवारका कारण पनि नेपाली कांग्रे उत्साहित भएको बताइएको छ । एक स्थानीय नेताले कपन अनलाइनसँग नाम उल्लेख नगर्ने शर्तमा भने, एमालेको उम्मेदवारीका कारण होमनाथको विजयी अभियान सहज बनाएको छ । एमालले यस वडामा शम्भु भट्टराईलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको छ भने माओवादी केन्द्रले माधव भट्टराईलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

तपाइँको प्रतिक्रिया ।