एमालेले वुनपा मेयरका लागि जयराम थापा, कुसुम कार्कीलगायत ५ जनालाई सिफारिस गर्यो

कपन अनलाइन, काठामाडौँ । वुढानिलकण्ठ नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत उम्मेदवार दिन नसकेपछि सम्भावित ५ जनालाई माथिल्लो कमिटिका लागि सिफारिस गरेको छ ।

 
२ दिनदेखि भएको प्रयासपश्चात आकांक्षी तथा दावेदारमध्ये दुइजनाले आफ्नो फिर्ता लिएको श्रोतले बताएको छ । यसरी आफ्नो नाम फिर्ता लिनेमा नगर समन्वय कमिटिमा भर्खरै संयोजक बनेका दीपक निरौला र वुनपामा सहजीकरण समिति सदस्य रहेका विदुरविक्रम खड्का रहेका छन् । निरौला र खड्काले आफ्नो नाम फिर्ता लिए पनि ४ जना पूर्व गाविस अध्यक्षसहित युवा नेता जयराम थापाको नाम जिल्ला संगठन कमिटिलाई सफिरिस गरिएको छ ।

 

यसरी सिफारिस हुनेहरुमा मेयरका लागि सर्वाधिक सम्भावना रहेकामध्येका युवा नेता जयराम थापा र महाँकाल गाविस अध्यक्ष कुसुम कार्कीसहित अरु तीन पूर्व गाविस अध्यक्ष रहेका छन् । सिफारिस हुनेहरुमा चारजना ०५४ सालमा गाविस अध्यक्ष भएका कुसुम कार्की, बालकृष्ण श्रेष्ठ, उद्धब खरेल र मिठाराम अधिकारी रहेको बताइएको छ ।

 

सिफारिस भएकोमध्ये ४ जना गाविस अध्यक्ष र एकजा युवा नेता जयराम थापा हुनुले धेरैले जयराम थापाले टिकट लिने अनुमान गरेका छन् ।त्यसैगरी गाविस अध्यक्षहरुमध्ये कुसुम कार्कीको नाम पहिलेदेखि नै चर्चामा रहे पनि उनीसँग अरु तीनजना गाविस अध्यक्षहरुले आफ्नो नाम फिर्ता नलिनाले कार्कीलाई अप्ठेरो पर्ने देखिन्छ ।
४ जना गाविस अध्यक्षबाहेक एकजनालाई मात्र सिफारिस हुँदा धेरैले जयराम थापाको सम्भावना बढेको भनिए पनि जानिफकारहरु अझै पनि कुसुम कार्की र जयराम थापामध्ये एकले टिकट पाउने बताउँछन् । अब मेयरको टिकटको लागि पहुँचमात्र लडाइँ हुने देखिन्छ भने टिकटको युद्ध पूर्व गाविस अध्यक्ष भर्सेज युवा नेता हुने देखिएको छ ।

 

वुनपा मेयरमा  नेपाली कांग्रेसले क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठलाई अगाडि सार्ने सम्भावना प्रवल छ भने माओवादी केन्द्रबाट रविन अधिकारी उठ्ने तय भैसकेको छ ।

तपाइँको प्रतिक्रिया ।