कामनपा ८ को वडाध्यक्षमा नेकाबाट आशामान सङ्गत

कपन अनलाइन, काठमाडौँ । देशको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको वडाहरुमा चुनावी जोडघटाउ जोडतोडले चलिरहेको छ । को उठाउँदा जीत हुने विषयमा पार्टीहरु यतिखेर सोचमग्न तथा दौडधुपमा रहेका छन् । आफ्नो उम्मेदवार भन्दा पनि जित्न सक्ने उम्मेदवार हुनपर्ने विषयमा कार्यकर्ताहरु नेताहरुलाई जोड दिइरहेका छन् । कुन गुटको को भन्नुभन्दा जीतका आधार तय गर्ने उम्मेदवार छान्नका लागि पार्टीहरुमा दवाब परिरहेको छ ।

 
यतिखेर कामनपाको वडा नं. ८ मा नेपाली कांग्रेसको तर्फबाट आशामान संगतलाई उम्मेदवार बनाउनु पर्छ भन्ने माग जोडतोडले चलिरहेको छ । इकाई सभापतिसमेत रहेका आशामान संगतको लोकप्रियतालाई उम्मेदवारीमा बदल्न आवाज पनि उठिरहेको हो । यस वडामा आशामान संगतबाहेक अरुले जीतको आधार तय गर्न नसक्ने भन्दै कतिपय वडाका पूराना नेताहरु संगतका पक्षमा सक्रिय रहेको पाइन्छ ।

 
वडा नंबर ८ मा आशामान संगतको नाममा नै वडाध्यक्षको टिकट आउने करिब पक्का अबस्था पुगेको बताइन्छ । तर पनि कहिँ कतै पार्टीभित्रको गुटका कारण उम्मेदवार भएर पार्टीको अस्तित्व कमजोर बनाउने व्यक्तिको पक्षमा टिकट पुग्ला कि भन्ने डरमा वडा नं. ८ का नेकावृत्त सचेत बनेको बताइन्छ ।

 

क्षेत्र नं. ४ को महत्वपूर्ण मानिने यो वडामा नेकाको प्रतिपश्पर्धा एमालेसँग हुने बताइन्छ । एमालेसँगको चुनावी प्रतिपश्पर्धालाई बिजयी दाउ खेल्न आशामान संगतको विकल्प खोजिनु भूल हुने बताइन्छ । यस वडाबाट एमालेबाट कृष्णमान श्रेष्ठ वडाध्यक्ष उम्मेदवार बन्ने लगभग पक्का रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।